
Gfs
Rgp1
Ggp
Rgp
Djs
Unsku
Srbpu
sbs
Lnp
pku
Pbu
cjs
Sgr
Pes

Wsp
Asm
Tsm
Rgu
Bbbpu
Sbs
Rgs
Sls
Hal
Pvg
Rgu
nsb
Vor
Gst
Ssm
Bbu
Ggd
Ksm
Rsb

Pls
Jmb
Ptm
Gsb
Mks
Syp
bbt
Bml
Jmb
Rmb
Abd
sab
Rpp
काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा आजागरी भव्य साथ मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थी लगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
त्यस्तै काठमाडौं उपत्यकाका स्वयम्भू,मैतीदेवी र गैरीधाराको नीलसरस्वती,ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री,उपप्रधानमन्त्रीहरु,मन्त्रीहरु,सांसदहरु,संवैधानिक अङ्गका प्रमुख एवम् सदस्य,प्रदेश सभा सदस्यलगायतको उपस्थिति रहने गर्छ।
