
Unsku
pku
Pbu
Pes
Srbpu
Rgp
Sgr
Rgp1
cjs
Ggp
Gfs
sbs
Lnp
Djs

Asm
Rgs
Sls
Vor
Bbu
Tsm
Rgu
Wsp
Pvg
Rsb
nsb
Rgu
Bbbpu
Sbs
Hal
Ssm
Gst
Ksm
Ggd

Jmb
Gsb
Pls
sab
Abd
Bml
Jmb
Rpp
Rmb
Mks
bbt
Syp
Ptm
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदासियक पुस्तकालय तथा स्रोत केन्द्रको सह–आयोजनामा अपांगता भएका नागरिकहरुलाई उनिहरुका अधिकारका बारेमा सचेतना तालिम प्रदान गरिएको छ ।
पुस्तकालयका उपाध्यक्ष नारायण प्रसाद पण्डितको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले अपांगता भएका कैयन नागरिकहरु राष्ट्रमा महत्वपुर्ण स्थानमा पुगेको र उल्लेख्य कामहरु समेत गरेको बताउदै अवसर पाएमा अपांगता भएका ब्यक्तिहरुले धेरै गर्न सक्ने धारणा राख्नुभयो । अपांगता भएका नागरिकहरुलाई घर परिवार समाज र राज्यले बोझ नसंझेर उनिहरुको अधिकारका लागि उचित सम्मान गर्नुपर्ने अध्यक्ष थापाले बताउनु भयो । तदनुरुप गढवा ५ ले पनि अपांगता भएका नागरिकहरुको क्षमता बिकासका लागि बिभिन्न योजनाहरु बनाएर काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सल्लाहकार कमल गौतमले अपांगताका प्रकार,स्थानीय सरकारले दिने सेवा सुविधाहरु,उनिहरुको हक अधिकार र कानूनी प्रावधान तथा सामाजिक सुरक्षा र परिचय पत्र आदिका बारेका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा वडा सदस्यहरु पल्टुराम चौधरी, नरेश चौधरी,दलित शसक्तिकरणका अभियन्ता जया बिश्वकर्मा, पत्रकार दुखहरण यादव र शिबराज पन्थी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमका लागि सामुदायिक पुस्तकालयको ३० प्रतिशत लागत सहभागिता र वडा कार्यालयको ७० प्रतिशत आर्थिक सहयोग रहेको थियो ।
