
Ksb
Csb
Ppu
Tgp
Ssb
Ksb
Rsb
Rks
jsb
Bsn
Fmb
Ssb
Gsb
Ksb
Usb
Nsb

Gsb
Usb
Hl1
Ssb
Tsb

ptl
Nps
Rgu
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदासियक पुस्तकालय तथा स्रोत केन्द्रको सह–आयोजनामा अपांगता भएका नागरिकहरुलाई उनिहरुका अधिकारका बारेमा सचेतना तालिम प्रदान गरिएको छ ।
पुस्तकालयका उपाध्यक्ष नारायण प्रसाद पण्डितको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले अपांगता भएका कैयन नागरिकहरु राष्ट्रमा महत्वपुर्ण स्थानमा पुगेको र उल्लेख्य कामहरु समेत गरेको बताउदै अवसर पाएमा अपांगता भएका ब्यक्तिहरुले धेरै गर्न सक्ने धारणा राख्नुभयो । अपांगता भएका नागरिकहरुलाई घर परिवार समाज र राज्यले बोझ नसंझेर उनिहरुको अधिकारका लागि उचित सम्मान गर्नुपर्ने अध्यक्ष थापाले बताउनु भयो । तदनुरुप गढवा ५ ले पनि अपांगता भएका नागरिकहरुको क्षमता बिकासका लागि बिभिन्न योजनाहरु बनाएर काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सल्लाहकार कमल गौतमले अपांगताका प्रकार,स्थानीय सरकारले दिने सेवा सुविधाहरु,उनिहरुको हक अधिकार र कानूनी प्रावधान तथा सामाजिक सुरक्षा र परिचय पत्र आदिका बारेका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा वडा सदस्यहरु पल्टुराम चौधरी, नरेश चौधरी,दलित शसक्तिकरणका अभियन्ता जया बिश्वकर्मा, पत्रकार दुखहरण यादव र शिबराज पन्थी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमका लागि सामुदायिक पुस्तकालयको ३० प्रतिशत लागत सहभागिता र वडा कार्यालयको ७० प्रतिशत आर्थिक सहयोग रहेको थियो ।
