
Srbpu
Sgr
Rgp
Pbu
cjs
Ggp
Lnp
Pes
Rgp1
Djs
sbs
Unsku
pku
Gfs

Sbs
Rsb
Sls
Hal
nsb
Bbu
Ggd
Bbbpu
Wsp
Rgu
Gst
Asm
Vor
Rgs
Tsm
Rgu
Ksm
Pvg
Ssm

Mks
Abd
Jmb
Rmb
bbt
Rpp
Bml
Pls
Gsb
Jmb
Ptm
sab
Syp
दाङ । नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर कमिटीको पहिलो बैठक शनिबार घोराहीमा सम्म्पन भएको छ ।
कमिटीका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षतामा बसेको पहिलो बैठकले माघे संक्रान्ती महत्सब र कमिटीको २० औं साधारण सभा तथा १० औं अधिबेशनको समिक्षासंगै विभिन्न कार्य विभाजन गरेको हो ।
जसमा दशौं अधिवेशनद्वारा निर्वाचित नगर कमिटीले सल्लाहकारहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढा मगर, नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका अध्यक्ष दिल्ली घर्ती मगर,कानुनी सल्लाहकार दिपक थापा मगर,समाजसेवी एवं बुद्धिजीवी कैलाश रोका मगर,दिपेन्द्र पुन मगरलाई चयन गरेको छ ।
यस्तै कार्य बिभाजनमा समाज सेवा समिति बिभाग भाषिक उपाध्यक्ष तेजु खाम पुन मगरको टिम,वडा स्तरीय समिति बिभागमा भाषिक उपाध्यक्ष (शेष )खाम दिलबहादुर घर्ती मगरको टिम,राहात तथा स्वास्थ्य बिभागमा कोषाध्यक्ष दिल बहादुर घर्ती मगको टिम र न्यायीक तथा सास्कृतीक बिभागमा महिला उपाध्यक्ष मल्लिता पुन मगरको टिम रहनेगरि बैठकबाट कार्य बिभाजन गरिएको हो ।
त्यस्तै कमिटीले नियमित बैठक प्रत्येक महिनाको तेस्रो हप्ताको शनिबारको दिउँसो ११ बजे बस्ने समय समेत तोकेको छ । जसमा ११:३० बजेपछि आउनेलाई ५० रुपैयाँ र बैठकमै उपस्थित नहुनेलाई एक सय रुपैयाँ जरिवाना तिराउने निर्णय समेत भएको कमिटीले गरेको छ ।
यसैगरी शनिबार बसेको बैठकद्वारा नेपाल मगर संघ जिल्ला समन्वय समितिको भवनसंगै सतेको जग्गामा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग २० लाख लागतमा बन्न गइरहेको पुर्वाधार निर्माण मगर सास्कृतिक बहुउद्देश्यीय भवन निर्माण समितिमा प्रतिनिधि पठाउनु पर्ने भएको हुँदा नगर कमिटीका कोषाध्यक्ष अरुणा राना मगर,सदस्यहरु धनकुमारी रोका मगर,अमर बहादुर घर्ती मगरलाई पठाउने भनि निर्णय गरेको सचिव भिमप्रकाश झाक्री मगरले जानकारी दिनु भयो ।
बैठकमा सम्पूर्ण कमिटीका पदाधिकारीहरुले यस वर्षको माघी मिलन कार्यक्रम भव्य साथमा सम्पन्न भएको र नगर कमिटी चयन प्रक्रियामा बिबाद रहि सहज रुपमा कमिटी चयन भएको हुँदा आगामी दिनमा यो सस्कारलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै नगर कमिटीलाई मजबुत बनाएर अघि बढ्नको लागि सबैले आत्मसमिक्षा गरेर अघि बढ्नु पर्ने र आगामी दिनमा नगरका प्रत्येक टोल बस्तीहरुमा छरिएर रहेका मगरहरुलाइ एकजुट बनाइ संघमा आबद्ध गराउनु पर्ने धारणा रहेको थियो ।
