
Sgr
cjs
Djs
Rgp
Pes
pku
Pbu
Lnp
Unsku
Srbpu
Gfs
Ggp
Rgp1
sbs

Ssm
Rgu
Gst
nsb
Ggd
Rgu
Bbbpu
Rgs
Hal
Sls
Sbs
Ksm
Pvg
Rsb
Wsp
Asm
Vor
Tsm
Bbu

Rmb
Jmb
Gsb
Abd
Rpp
Jmb
Mks
Bml
sab
Pls
Syp
bbt
Ptm
दाङ । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा प्र ०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोला स्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर-७ का २७ वर्षीय सागर शाही,दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिनु भयो । दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याइएको थियो ।
यस्तै अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताउनु भयो । घाइते भएका दैलेख भैरवी गाउँपालिका वडा नम्बर ५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्न सक्छन् । गाडी सडकबाट ७०/८० मिटर तल खसेको थियो । उक्त गाडीमा पाँच जना सावार रहेका थिए ।
