
Gsbus
Ksbus
Gis
ebg
Bsbus
Lsbus
Pbu
Lsbus
Gis
Gsbus
Ksbus
Ssbus
Gms
Gsl
Ksbus
Gsbus
Gis
bpmhl
Ssbus
Gss

Rgs
Gst
Vor
Rsb
Rgu
Sls
Ksm
Pvg
Bbu
Asm
nsb
Hal
Sbs
Rgu
Ssm
Bbbpu
Ggd
Tsm
Wsp

Rpp
Syp
Bml
Gsb
bbt
Jmb
Mks
Abd
Pls
Ptm
Rmb
Jmb
sab
दाङ । घोराही उपमहानगरपालिकामा शुक्रबारबाट तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता २०७९ सुरु भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उदघाटन गरिएको छ । उपमेयर कपको उदघाटन उपमेयर हुमा डिसीले गर्नु भएको हो । सो अवसरमा उहाँले खेल क्षेत्रको विकासका लागि घोराही उपमहानगर प्रतिवद्ध रहेको बताउनु भएको छ । विद्यालय स्तरबाट खेलकुदको विकास गर्नुपर्ने बताउँदै खेल क्षेत्रबाट खेलाडी उत्पादन मात्रै नभई स्वस्थ नागरिक उत्पादन हुने बताउनु भयो ।
त्यस्तै अहिलेको नयाँ पुस्तालाई कसरी स्वस्थ बनाउने भन्ने चुनौति थपिएका बेलामा पालिकाले खेलकुदको माध्यमबाट उनीहरुलाई एकठाउँमा ल्याउने मात्रै होईन, स्वस्थता कायम गर्न पनि सघाउने छ’,उहाँले भन्नु भयो, ‘आगामी दिनमा पालिकाका हरेक नागरिक स्वस्थ बनाउने गरी अभियानको थालनी गर्नुपर्ने हुन्छ ।’ उपमेयर कप छात्रा भलिबलले विद्यालय उमेरबाटै छात्राहरुको आत्मबल बढाउनेदेखि खेल क्षेत्रमा अभिप्रेरित गर्न सघाउने विश्वास व्यक्त गर्नु भयो । महिला सशक्तीकरणका कुरा गरिरहँदा व्यवहारमा पनि ती काम हुनुपर्ने बताउँदै तल्लो तहबाटै अभियान चलाउने अवस्था आएकाले यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएकोछ । खेलकुदका माध्यमबाट अनुशासनका कुराको साथै,उनीहरुको संवेगात्मक विकासमा पनि टेवा पुग्नेछ’उहाँले भन्नू भयो ।
सामाजिक विकास समिति संयोजक एवम् प्रतियोगिता समिति संयोजक राममणि पाण्डेले पालिकाले खेलकुद विकास समिति गठन गरेर खेलकुदको समग्र विकासका लागि पहल गरिरहेको बताउनु भएको छ । उहाँले आगामी दिनमा खेलकुदको पूर्वाधार विकाससँगै खेलाडी उत्पादनका लागि प्रशिक्षक नियुक्ति गरेर विशेष रुपमा काम हुने बताउनु भयो । यो पटकको मेयर कप फुटबल र उपमेयर कप छात्रा भलिबल प्रतियोगिताबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै आगामी वर्षहरुमा थप व्यवस्थित गर्दै लैजाने पनि जानकारी दिनु भयो ।
त्यस्तै प्रतियोगिताको उदघाटन खेलमा साविक विजेता पद्मोदय पब्लिक नमूना मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्नाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता पद्मोदय मावि भरतपुरले मावि रतनपुरलाई हराउँदै विजयी शुरुवात गरेको छ । पद्मोदयले रतनपुर माविलाई २५–५ र २५–१२ को सोझो सेटमा हराएको हो । यसैगरी, दोश्रो खेलमा ज्ञानसिन्धु मावि घोराहीले मावि हापुर बिजौरीलाई २५–१८ र २५–१८ को सोझो सेटमा हराएको छ । तेश्रो खेलमा महेन्द्र मावि धर्नाले गंगा मावि रामपुरलाई २५–६ र २५–५ को सोझो सेटमा हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तीन वटै प्रतियोगितामा पराजित भएका टीम बाहिरिएका छन् भने विजयी भएका पद्मोदय मावि भरतपुर, ज्ञानसिन्धु मावि घोराही र महेन्द्र मावि धर्ना अन्तिम आठमा पुगेका छन् । यस अघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो । गत वर्ष भने कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो ।
यस्तै जारी प्रतियोगितामा उपमहानगरपालिका भरका १६ वटा विद्यालयले भाग लिएका छन् । दुई समुह बनाएर खेलाईने खेल नकआउटका आधारमा रहेको छ । समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका छन् । समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका छन् ।
त्यस्तै आगामी ११ गते फाईनल खेल खेलाउने गरी खेल तालिका बनाईएको छ । घोराहीको जिल्ला समन्वय समितिको शहिद मन्चको कोर्टमा जारी प्रतियोगितामा हरेक दिन ३ वटा खेल आयोजना गरिने भएको छ । कुल १५ वटा खेल हुने गरी तालिका बनाइएको छ । आगामी प्रतियोगिता अन्तरर्गत शनिबार बालविकास मावि घोराही र सरस्वती मावि भरतपुर बीच खेल हुनेछ भने गोरक्ष रत्ननाथ मावि चौघेरा र स्टार बोर्डिङ स्कुल घोराही बीच खेल हुने भएको छ । यस्तै, दोश्रो दिनको अन्तिम खेलमा गोरखा मावि घोराही र मावि रझेनाबीच खेल हुनेछ ।
