
Rgp
Ggp
pku
Unsku
Pbu
Lnp
Srbpu
Rgp1
Sgr

Bbu
Vor
Bbbpu
Ssm
Rgu
Gst
Ggd
nsb
Rgu
Hal
Sls
Tsm
Rgs
Sbs
Ksm
Pvg
Asm
Rsb
Wsp

sab
Jmb
Abd
bbt
Bml
Ptm
Rmb
Syp
Rpp
Pls
Mks
Gsb
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागी स्थानिय नेतृत्व सँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
शुक्रबार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल भएको हो । राजधानी परिसर भित्र मन्त्रालयका भवन निर्माणको चरणमा रहेकाले तत्कालका लागि ब्यबस्थापनको उपाए खोज्न छलफलको आयोजना गरिएको मुख्यमन्त्रि लिला गिरीले बताए ।
लुम्बिनी प्रदेशमा नया सरकारले मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी अन्तिम चरणमा छ । यो भन्दा अघि प्रदेशमा १३ मन्त्रालय थिए । जसमध्य हालसम्म राजधानी परिसर भित्र ६ वटा मन्त्रालय स्थापना भएर कामकाज शुरु गरिसकेका छन । मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय, बन तथा वातावरण मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भुमि ब्यबस्था मन्त्रालय, भौतिक पुर्बाधार बिकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय स्थापना भईसकेका छन । यो भन्दा अघि स्वास्थ्य मन्त्रालय सिसहनियामा स्थापना भईसकेको छ । भने सामाजिक बिकास मन्त्रालय, जलस्रोत ब्यबस्था, ग्रामिण तथा शहरी बिकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयलाई राजधानी परिसर बाहिर स्थापना गर्ने प्रदेश सरकारले तयारी थालेको छ ।
मन्त्रालय ब्यबस्थापनका लागि स्थानिय सरकार नेतृत्व तथा राजनितिक दलहरुले सकारात्मक धारणा ब्यक्त गरेका छन । जसले गर्दा केही मन्त्रालय लमहीमा स्थापना हुने सम्भावना बढेर गएको छ । देउखुरीको एकमात्र प्रमुख बजार मध्यमा पर्ने लमहीमा सरकारी तथा संघ सँस्थाका पर्याप्त भवन भएकाले लमहीमा मन्त्रालय स्थापनाको सम्भावना बढेको हो । देउखुरीका अन्य स्थानमा पर्याप्त भबन नभएकाले पनि लमहीमा मन्त्रालय स्थापनाका लागि सहमती भएको छ ।
लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमहीमा मन्त्रालयका लागि पर्याप्त भवन भएको र त्यसको लागि आफू लागिपर्ने बताए । उनले लमहीमा पुर्बाधारहरु थुप्रै भएको बताउँदै मन्त्रालयका लागि लमही स्थित ब्यापारिक भवन र नगरबिकाश समितीको भवन पनि उपलब्ध गराउन सकिने प्रतिबद्धता ब्यक्त गरे । लमहीमा मन्त्रालय स्थापनाका लागि आफुपनि सकारात्मक रहेको लमही नगरका निबर्तमान मेयर कुल बहादुर केसीले बताए । ‘पुर्बाधारका लागि हामी मिलेर हल गर्न सक्छौ, मन्त्रालयका लागि लमही उपयुक्त क्षेत्रपनि हो केसीले भने-लमही देउखुरीको प्रमुख बजार पनि हो, हामी कुनै कुरामा कञ्जुस नगरी सहयोग गर्न तयार छौँ ।’ लमहीमा मन्त्रालय स्थापनाका लागि राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी र राजनितिक दलहरुले सहयोग गर्ने बताएका छन ।
राजधानीका लागि यसै क्षेत्रका संघसँस्था, स्थानिय सरकार, राजनितिक दल लगायतले सहयोग गरे राजधानीको काम तिब्र रुपले अघि बढ्ने मुख्यमन्त्रि लिला गिरीले बताए । स्थापना भईसकेको राजधानी अनेत्र नसर्ने बिश्वास दिलाउँदै मुख्यमन्त्रि गिरीले प्रदेश सरकारको सम्पुर्ण काम अब देउखुरी बाटै हुने प्रतिबद्धता ब्यक्त गरे । ‘७ मन्त्रालय स्थापना भईसके, अब ३ बाँकी छन, त्यो पनि छिट्टै स्थापना हुनेछ मुख्यमन्त्रि गिरीले भने-मन्त्रालय भबनको टेण्डर भएर निर्माण प्रक्रियामा छन, तत्कालका लागि सबैको सहयोगको खाँचो छ, देउखुरीबाटै सेवा दिउँ भन्ने हाम्रो उद्वेस्य हो ।’मुख्यमन्त्रि गिरीले बुटवल र घोराही जानू भन्दा सेवा ग्राहीलाई लमही नै पायक पर्ने बताए ।
