Sidha Patra बिहिबार, माघ ०५, २०७९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिए । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री गिरीलाई एमालेकाे २९, माओवादी केन्द्रकाे ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीकाे ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी स‌ंसदीय दलका नेता जाेखबहादुर महराकाे आमाकाे निधन भएपछि उनी उपस्थीत भएनन् । सभामुख पनि मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासकाे मत ५७ र विपक्षमा २८ मत खस्याे ।

त्यस्तै सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती अधिकारीले विश्वासकाे मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिइन । छलफल र समाझदारीका आधारमा उनले विश्वासकाे मत दिएकी हुन्। मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक गरी विपक्षमा २८ जनाले मतदान गरेका छन् ।

यस्तै मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्तमानेमा विश्वासको मतका लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रदेशसभामा कुल सदस्य : ८७
उपस्थिति संख्या : ८६
मतदानमा सहभागी : ८५
पक्षमा : ५७
विपक्षमा : २८

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]