
dsbus
Amb
Ratbs
Jsbus
Ssbus
Bksbus5
Gsbus
Pbu
gms
Ddhbs
Gsl
Nssbus7
Rbs
Csbus

Rsb
Gst
Bbu
Vor
Asm
Rgu
Ggd
Sbs
Tsm
Rgu
Wsp
Ksm
Pvg
Ssm
nsb
Bbbpu
Sls
Rgs
Hal

Rmb
Mks
Bml
Pls
Jmb
Syp
Rpp
Ptm
Abd
bbt
sab
Jmb
Gsb
“धेरै प्रयासका बाबजुद पनि आज मैले सम्बोधन गर्नलाई दुई शब्द पाइनँ ।”
सायद मेरो सम्बोधन कसैले खोस्यो अथवा तिमीले मलाई अवसर दिएनौ । हुनसक्छ सम्बोधन बिनाको चिठी त कुनै दूधेबालकलाई घोकाएको ओजपूर्ण शब्द जस्तो । तथापि जीवन नै निस्सार निर्उद्देश्य भएपछि यहाँ मैले अथाह सम्बोधनबाट पनि एउटा सम्बोधन झिक्न सकिनँ । यसलाई माफ गरेर मेरै कमजोरी सम्झिदेऊ ल ! माया भित्रको मायामा रम्न खोज्दा असरल्ल पीडाको प्रवाहमा विलीन भएकी छु । तर पनि मेरो उद्देश्य आज मलाई पूरा भएजस्तो लाग्छ।
तिमीलाई थाहा छ ? अरुको जीवन खुसी भएको देख्ने चाहना, अरु हाँसेको देख्ने इच्छा, अरु रमाएको हेर्ने चाहना । तर त्यहीँ व्यक्ति जसले मेरो मुटुमा खिल पल्टाएको छ, जीवनमा भुँइचालो ल्याएको छ । हो, वास्तवमा त्यही रमाएको देख्ने चाहना मेरो उद्देश्य आज पूरा भएको छ । किनकी म पीडाका भेलमा डुब्दै र उत्रँदै गर्दा तिमी त किनारामा बसेर हाँसिरहेका छौ। मेरो घाँटीले एक चम्चा पानीसम्म निल्न नसकी हस्पिटलको बेडमा पल्टँदा तिमी रम र मासुको सहायताले थियटर र बारमा रमाएका छौ । मैले रोदनका भेल बगाउँदा तिमीले हाँसोको मूल फुटाएका छौ । त्यसैले तिमी यति धेरै खुसी भएको देखेर म पनि आज खुसी भएकी छु । सधैँ खुसी रहनू, रम्नु रमाउनू, नाच्नू नचाउनू, हाँस्नू हँसाउनू, बाँच्नू बचाउनू, सुन्नू सुनाउनू, चुन्नू चुनाउनू । जीवनलाई सधैँ फूलैफूलको बगैंचामा फूलाउनू है, मेरो लाखौं लाख शुभकामना ! अनि अचेल तिम्रो सधैँभरि बाहिरी झलक राम्रो देख्ने आँखाहरू कुन राम्रोतिर मोडिएका छन् ? मोती टिप्न त समुन्द्रको गहिराइमा पुग्नुपर्छ तर तिमी त छालहरूसँगै सम्झौता गर्छौ । छालसँग सम्झौता गर्दागर्दै एक दिन छाल पनि नपाउन सक्छौ, मोती पनि । त्यसैले छालहरूसँग सम्झौता गाँसेर मोती टिप्ने तिम्रो रहर अधुरो हुनसक्छ, सम्झेका छौ यस्तो कुरा ? तिमीलाई थाहा छ, आज भएको छाल भोलि नहुन सक्छ तर आज भएको मोती भोलि पनि मोती नै हुन्छ । मोतीको सँच्चा रुप हुन्छ तर छालको हुँदैन, यो क्षणिक हो ।
छालहरूको बहकाउमा पर्दापर्दै तिमी पनि एक दिन हुत्तिन सक्छौ । गहिरिएर सोच । हेर, आज तिमीले छाल र मोती छुट्याउन नसक्दा नारीको नैनी जस्तो कमलो मनमा बज्र प्रहार गरेका छौ । उसको जीवनको विगत, वर्तमान, र भविष्य तीन वटै क्षणलाई लुछेर तहसनहस बनाएका छौ । त्यसैमा तिमीले सुख भेटायौ होइन ? मान्छेले सुख पाउन हजार प्रयत्न गर्छ तर तिमीले त कसैलाई रुवाउँदैमा सुख भेटायौ । यो तिमीसँग भएको अद्भुत कला हो ।
तिमीसँग भएको यो अद्भुत कलामा तिमी आफै रमाउन सक्छौ । तिमी पनि त आफै एउटा सिङ्गो पुस्तक हौ । आफूले आफैलाई कहिल्यै पढेका छौ अथवा पढ्ने समय छुट्याएका छौ ? हेर, तिमी त आज मेरो जीवनमा अनगिन्ती पुस्तक बनेर आएका छौ । जुन मैले मूल्य नचुकाई पढ्न पाएकी छु ! तिमीले दिएको पुस्तकमा एउटा सिङ्गो नारीको जीवन पढेँ विश्वास, आघात, प्रेम, घृणा, तृष्णा, त्याग, बलिदान, सत्कर्म, सफलता, भाग्य, भरोसा, सद्भाव, आस्था, निराशा, मिलन, बिछोड, विवाह, बन्धन,भोगाइ सबै-सबै पढेँ । यी सबैको संगम भएको पुस्तक सायद तिमीले कति मोल तिर्दा पनि पाउन सक्दैनौ तर मैले त्यो तिमीबाटै पाएको एउटा अमूल्य उपहार, सौगात भएको छ। कहिल्यै नहराउने, नच्यातिने, नपुरिने, नबिर्सिने उपहार । यस्तो उपहार पाएर म त आज खुसी भएकी छु । यसबाट पाएको नयाँ शिक्षाले आज मैले नौलो बाटो भेटाएकी छु । विश्वास छ यो बाटो लिएर हिँड्दा सही गन्तव्यमा पुग्न सक्छु । दर्के झरीमा पनि कतै ओत लाग्न सक्छु, घाम लाग्दा छाता ओड्न सक्छु । अनि के छ त नयाँ खबर ? तिमी त अझै छालहरूकै पखाइमा रुमलिरहेका होलाऊ । रुमलिँदा रुमलिँदै तिम्रो जीवन अधुरो, अपूरो, अस्तव्यस्त, अचेत, अमेल, असजिलो, अकमक्क,अकल्याण, अर्किचनता ( दरिद्रता ), अकेलो, अमेल, अँन्धकार, अटपट ( गोलमाल ), अज्ञानता, अजीव ( निर्जीव ), अतिभार, अधबेस्रो, अतास, अदृष्य, अधचरो (आधा मुसो र आधा चरोको पंछी ), अधकल्चो, अनयन ( मूर्ख ) , अनिष्ठ नहोस् है ! यो मैले तिम्रो लागि दिएको हजार लाख शुभकामना । जसरी हुन्छ तिमी बाँच, जसरी हुन्छ तिमी हाँस । आजको एक्काइसौँ शताब्दीको इमेल र इन्टरनेटको जमानामा मेरा यी मनगढन्ते भनाइहरू कोरेर तिमीसामु पुर्याउने कोसिस गरिरहेकी छु तर हेर मेरो जीवनजस्तो सस्तो यी चिठीका शब्दहरू छैनन् ।
यसलाई तिमी न सजिलै च्यात्न सक्छौ, न सजिलै लुछ्न । यहाँ त हजारौँ नारीका शब्द, पीडा, चित्कार, दुःख ,भोगाइ छन् । त्यसैले यसलाई चिथार्न खोज्यौ भने तिमी आफै चिथोरिन सक्छौ। यो सत्य हो । अझै पनि सक्छौ भने सही गन्तव्य लिएर अघि बढ। तिम्रो लागि यो मेरो अन्तिम पत्र हो, अन्यथा नसम्झ ल ! मध्यरातको अँध्यारोमा शान्तिलाई चिर्दै तिम्रो निद्रा खलबल्याउन मेरा यी हातहरूले कहिल्यै मोबाइलको नम्बर दबाउने छैनन् । अनि थाहा छ तिमीलाई ? केही पाउने र केही आउने आशमा दोबाटो कुरेर मेरो मन कहिल्यै बस्ने छैन ।
हस् त तिम्रो मन मस्तिष्कबाट सदाका लागि बिदा। तिम्रो जीवनमा सदा बहार छाओस्। सुख, शान्ति र ऐश्वर्यको बीचमा तिम्रो जीवन फलोस् फूलोस्। उही तिम्रो नजरको दोषी ।
सबि अधिकारी लमही दाङ
