
Pbu
Djs
Srbpu
Lnp
Unsku
Sgr
pku
cjs
Pes
Rgp1
Rgp
Gfs
Ggp
sbs

nsb
Ssm
Sbs
Rsb
Bbu
Hal
Wsp
Sls
Bbbpu
Gst
Pvg
Rgs
Vor
Rgu
Tsm
Asm
Ksm
Ggd
Rgu

Jmb
Rmb
Bml
sab
Pls
Jmb
Ptm
bbt
Mks
Abd
Syp
Gsb
Rpp
दाङ । आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएका सन्चारकर्मी दीपक जिएमले यस वर्षपनि वौद्धिक अपांगता भएका बालबालिका हरुलाई न्यानो कपडा, मास्क र फ्रुटी सहयोग गर्नुभएको छ ।
चिसोबाट जोगाउन विद्यालयमा आवासीय रुपमा बस्दै आएका घोराही १४ बालमन्दिरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई १५ वटा ब्ल्याङकेट र ६ थान डसना विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई हस्तान्तरण गर्नुभयो । आफ्नो जन्म दिनको अवसरमा हरेक वर्ष विद्यालयमा पढ्ने बालबालिकालाई सहयोग गर्दै आएकोमा यो पटक पनि थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
पत्रकार जिएमले घोराहीबाट संचालित राजमार्ग अनलाईन संचालन गर्दै आउनुभएको छ । जन्म दिनको फजुल खर्च कटाएर बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै पत्रकार जिएमले गर्नुभएको सहयोग प्रति विद्यालय परिवार आभारी भएको प्रधानाध्यापक भण्डारीले बताउनु भयो । मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाईरहनु भएका राजमार्ग अनलाईनका प्रवन्धक तथा सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सह-सम्पादक समेत रहनु भएका जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थिलाई सहयोग गर्नुभएको हो ।
त्यस्तै सो अवसरमा बिद्यालयका शिक्षक, दाङ निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका मगर लगायतको उपस्थिती रहेको थियो । बालमन्दिर आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरुले न्यानो कपडासँगै अरु सामान पाएपछि हर्षित भएका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुढाले विगत ८ वर्षदेखी आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।
