
Ggp
Asbus
Lnp
Rgp
Ksbus
Ggp
Ksbus
Sdc
Msbus

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं २ को वडा कार्यालयबाट सेवा प्रवाह घुम्ती शिविरलाई निरन्तरता दिएको छ ।
२६ गते कृष्णनगर नगरपालिकाका ले वडा नं १२ मा सेवा प्रवाह घुम्ती शिविर सुरुवात गरेको थियो सोही क्रममा आज वडा नं २ बाट सेवा प्रवाह गरिएको जानकारी कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले जानकारी दिए ।
जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविरबाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण,कृषि सेवा लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्णनगर नगरपालिकाले जानकारी गराएको छ ।
वडाबाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गाउँमै सेवा प्रवाह गरि आम नागरिकलाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए ।
त्यस्तै कृष्णनगर नगरपालिकाको १२ वटै वाडहरूमा पालै पालो सेवा प्रवाह घुम्ती शिविर संचालन गर्ने कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद शाहले जानकारी दिए ।
