
Sgr
Pbu
Unsku
Ggp
Srbpu
pku
Lnp
Rgp
Rgp1

Sls
Bbu
Rgu
Hal
Rgs
Ksm
Sbs
Wsp
Vor
Ssm
Gst
Asm
Bbbpu
Tsm
Pvg
Rgu
nsb
Ggd
Rsb

sab
Jmb
Rmb
Syp
Ptm
Abd
Jmb
Mks
Pls
Gsb
Bml
bbt
Rpp
दाङ । नेकपा एमाले निर्वाचन परिचालन निर्देशक समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सबैलाई धन्यवाद ज्ञापन गरेकाे छ ।
आवधिक निर्वाचन लाेकन्त्रकाे आधार स्तम्भ भएको भन्दै प्राप्त भएको नतिजालाई सहर्ष स्विकार गरेर जनता माझ रहने प्रतिबद्धता व्यक्त गरिएको छ । दाङ क्षेत्र नम्बर १ निर्देशक समितिका संयाेजक रेवतीरमण शर्माले मतदाता,पार्टीका सबै कमिटीमा रहनु भएका नेता-कार्यकर्ता,निर्वाचन सम्पन्न गराउन खट्ने निर्वाचन अधिकृत लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी,स्थानीय प्रशासन,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायत सबैमा धन्यवाद ज्ञापन गर्नुभयाे ।
लमहीमा पत्रकार सम्मेलन गरेर प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चाैधरी,प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश सभा सदस्य उम्मेदवार कुलबहादुर केसीले निर्वाचनमा पराजय भाेगेपनि जनताबाट अपार माया पाएकाे भन्दै सधैं जनताकाे सु:ख, दु:खमा संगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सहजिकर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पाेख्रेलले गर्नु भएको थियाे ।
