
Sgr
Unsku
Pbu
Rgp1
Lnp
Srbpu
Ggp
Rgp
pku

Sbs
Bbu
Gst
Bbbpu
nsb
Hal
Pvg
Rsb
Sls
Ssm
Tsm
Rgu
Vor
Ggd
Rgs
Wsp
Asm
Rgu
Ksm

Gsb
sab
Syp
bbt
Mks
Bml
Abd
Jmb
Rmb
Pls
Jmb
Ptm
Rpp
बाजुरा । बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको हो।
त्यस्तै प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो। कसले आगजनी गर्यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन्। सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ। अहिले पानी हालेर उक्त मतपेटीका निभाइएको छ।
जिल्लाभर ४५ प्रतिशत मत खस्यो
बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको हो। जिल्लाका ८३ हजार पाँच सय ६६ मतदाता रहेका छन्। जिल्लाका सबै मतदानस्थल तथा केन्द्रमा गरेर ३७ हजार ६ सय बढी मत खसेको जनाइएको छ।
यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ। जिल्लाका विभिन्न मतदानस्थल तथा केन्द्रहरुमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।
