
dsbus
Ksbus
Nssbus7
Gsl
Pbu
Ksbus
Rsbus
Csbus
Bsbus
Gsbus
Jsbus
Ssbus
Bksbus5
Ssbus
Ksbus
Lsbus
bpmhl
gms
Ssbus

Sbs
Ksm
Rsb
Tsm
Hal
Bbu
Ggd
Bbbpu
Rgs
Rgu
Vor
Gst
Wsp
Sls
Rgu
Ssm
Pvg
Asm
nsb

Gsb
Syp
Mks
Jmb
bbt
Abd
Pls
Rmb
Ptm
Bml
sab
Jmb
Rpp
दाङ । महामानव स्वर्गीय बिपी कोइरालाको १०७ औ जन्मजयन्तीको अबसरमा बिपी युवा नेतृत्व विकास मंच क्षेत्र न १ दाङले बुधबार लमहीमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
बिपी युवा नेतृत्व विकास मन्च क्षेत्र न १ का क्षेत्रीय संयोजक किरण बिक्रम शाहको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा क्षेत्र तथा पालिका स्तरीय कमिटी आज गठन भएको हो ।
केहि दिन अघि जिल्लामा सम्पन्न भेलाले दाङ्ग क्षेत्र नम्बर १ को संयोजकमा किरण बिक्रम शाहलाई संयोजकको जिम्मा दिइएको थियो भने बुधबार बसेको बैठकले समितिलाई पूर्णता दिएको छ । शाहको संयोजकत्वमा सत्र सदस्य क्षेत्र स्तरीय कार्य समिति गठन भएको हो । सोहि बैठकले नगरपालिका र गाउँपालिका स्तरीय कमिटी गठन गर्ने गरि निर्णय भएको सचिव ओम प्रकाश बस्यालले जानकारी दिनु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबम काङ्ग्रेस महासमिति सदस्य बुढाथोकीले अब देश निर्माणको जिम्मा युवाहरुको काँधमा आएकोले सम्पूर्ण युवाहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेस प्रति आस्था र बिचार हुने जतिले महामानव बिपीको सिद्दान्तलाई अंगाल्न सके मात्र काङ्ग्रेस एक काङ्ग्रेस रहने धारणा व्यक्त भएको थियो ।
नेपाली कांग्रेस दाङ्गका जिल्ला सदस्य कुमार घिमिरेले निस्क्रिय रहेका अन्य भातृ संघ सँस्था र संगठनलाई पनि अब चलायमान गराउन आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै कांग्रेस नेता लीलाराम खनालले बर्तमान सरकारले लकडाउनको बहानामा भ्रष्टाचार गरिरहेको भन्दै जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै अब पूर्णरुपमा ब्यापार व्यवसाय संचालन गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस नेपाल तरुणदलका क्षेत्रीय सभापती किरण पौडेलले पछिल्लो समययता नेपाली काङ्ग्रेस प्रति पक्षको भूमिकामा केहि कम्जोर भएको होकी भन्दै नेकपा सरकारले गरिरहेका आफूखुशी निर्णयको खुलेरै बिरोध गर्न कांग्रेस शिर्ष नेताहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रमलाई युवा नेता बिकास बिसी, आदिबासी जनजाति संघ जिल्ला अध्यक्ष खिम पुन लगायतले सुभकामना मन्तब्य दिनु भएको थियो-भने सो कार्यक्रमको संचालन बिपी युवा नेतृत्व बिकास मन्च क्षेत्र न एकका सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो । साथै भोलि मंचले लमहीमा मास्क बैंक पनि संचालन गर्ने जनाएको छ ।
