
sbs
pku
Pes
Lnp
Pbu
Sgr
Srbpu
cjs
Gfs
Ggp
Rgp1
Rgp
Unsku
Djs

Tsm
Gst
Asm
Sls
Sbs
Ksm
Rsb
Bbu
Rgu
Hal
Vor
Bbbpu
Rgs
Pvg
Ggd
Rgu
Wsp
nsb
Ssm

Rmb
bbt
sab
Pls
Bml
Gsb
Ptm
Abd
Syp
Jmb
Rpp
Mks
Jmb
काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाको एक्सबिबी सब भेरियन्ट भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको हो। यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो। सोही क्रममा एक्सबिबि सव(भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो।
त्यस्तै मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। यो सव(भेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ।
