
Tgp
Usb
Ksb
jsb
Rsb
Ksb
Ssb
Csb
Gsb
Bsn
Rks
Nsb
Ssb
Ppu
Ksb
Fmb

Tsb
Gsb
Usb
Ssb
Hl1

ptl
Rgu
Nps
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण प्राथमिक विद्यालयमा रहेको खानेपानी टंकीको मोटर चोरी भएको छ ।
राजपुर गाउँपालिकाद्वारा एक लाखा ५० हजार बराबरको लगानीमा जडान फिल्टर सहितको खानेपानी टंकीका लागि कुवामा राखिएको मोटर शनिबार राति चोरी भएको उक्त विद्यालयका प्रधानाध्यापक मोहन कुमार यादवले जानकारी दिनु भयो ।
प्रधानाध्यापक यादवका अनुसार खानेपानी ट्याङ्कीमा पानी भर्नको लागि प्रयोग गरिएको मोटर झिकेर मोटरलाई लगिएको छ । त्यस्तै उक्त मोटरलाई बाढिएको डोरी काटिएको छ भने मोटरको लागि जोडिएको पाइप र तार काटेर लगभग १५ हजार बराबरको क्षति पुर्याएको प्रअ यादवले जानकारी दिनु भएको छ ।
त्यस्तै प्रअ यादवले आफुले संका गरेको जति ५० जना व्यक्तिको नाम लेखेर आइतबार प्रहरीमा अनुसन्धानको लागि निवेदन दिएको बताउनु भएको छ । यस्तै प्रअ यादवले ५० जना मध्य ४/५ जना विशेष संकाको घेरा रहेको जानकारी दिनु भयो ।
हिजोआज दशै र तिहारको लागि विद्यालय बन्द भएको हुँदा आफुहरु विद्यालयमा आउन नसकेको र सो मोटर चोरी भएको खबर भैसहवाबाट स्थानीय युवा प्रकाश केसीले फोन गरेर जानकारी गराएपछि मात्र आफुले थाहा पाएर विद्यालयमा आएर हेर्दा मोटर चोरी भएको थाहा पाएको प्रअ यादवले जानकारी दिनु भयो ।
त्यस्तै उक्त विद्यालयको प्राङ्गणमा रहेकोे सौचालयको ढोकाको टिनका पल्लाहरुपनि तोडफोड गरेर क्षति पुर्याएको अबस्थामा रहेको छ ।
