
Gfs
Lnp
Pbu
Djs
sbs
cjs
pku
Ggp
Rgp
Srbpu
Unsku
Rgp1
Sgr
Pes

Bbbpu
Vor
Bbu
Pvg
Rsb
Sls
Gst
Wsp
Sbs
Rgs
nsb
Ggd
Ksm
Ssm
Asm
Hal
Rgu
Tsm
Rgu

Abd
Gsb
Pls
Ptm
Bml
sab
Jmb
Rpp
Rmb
Jmb
Mks
Syp
bbt
गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिविर गरिएको छ । जिल्लामा रहेका विभिन्न सवारी चालकहरुको नि:शुल्क रुपमा आँखाको जाँच गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा नि:शुल्क रुपमा आँखा जाँच शिविर सुरु गरिएको हो । ‘आँखा उपचारमा निरन्तरत दिऔं ध्यान,आफ्नो र यात्रुहरुको बचाऔं ज्यान’ भन्ने नाराका साथ सवारी चालकहरुको लागि नि:शुल्क शिविर आयोजना गरिएको छ ।
शिविरको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको आँखा जाँच गरेर सुरुवात गरिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ४ दिनसम्म चल्ने शिविरमा जिल्ला भर रहेका यात्रुवाहक सवारी चालकहरुको नि:शुल्क रुपमा आँखा जाँच गरिने आँखा उपचार केन्द्रका सूर्यबहादुर बस्नेतले बताए ।
शिविरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आँखा महत्वपूर्ण भएकाले समय समयमा चेकजाँच गरिरहनु पर्ने बताए ।
सवारी चालकहरुको आँखा जाँचले आँखाकै कम्जोरीका कारणले हुनसक्ने दुर्घटना न्यूनिकरण हुने बताए । एउटा सवारी चालकको हातमा धेरै मानिसको ज्यान हातमा रहेकाले चलकलको आँखा जाँच उत्तिकै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पछिल्लो समय बढ्दो दुर्घटना आँखाको कम्जोरी हुँदा पनि हुनसक्ने भएकाले शिविर सञ्चालन गरिएको हो ।
नि:शुल्क रुपमा आँखा जाँच गराउन पाउदा सवारी चालकहरु उत्साहित भएका छन् । आफनो आँखाको अवस्था बारे जानकारी लिन पाउदा सवारी चलाउनको निम्ति पनि ढुक्क हुने सवारी धनी डोलबहादुर कुँवरले बताए । शिविरमा सबै सवारी चालकलाई आएर आँखा जाँच गराउन अनिवार्य गरिएको कुँवरले बताए । उनले यस्तो शिविर बेला बेलामा संचालन गर्न आबश्यक रहेको बताए । सवारी दुर्घटनाका कारणहरु मध्ये चालकको आँखाको दृष्टि कम्जोरका कारण पनि रहेकाले शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
त्यस्तै शिवरमा आँखाको अवस्थाको जाँच र आखाको प्रेसरको पनि जाँच गरिने नेपाल नेत्र ज्योत्ति संघ, आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष शेरबहादुर थापाले बताए । यस्ता शिविर विभिन्न सरोकारवालाहरुको समन्वयमा गरिने थापाले बताए । शिविरमा सरकारी कार्यालयका चालक तथा प्रमुखहरुले पनि आँखा जाँच गरेका थिए । जिल्लामा आँखाका बिरामी अत्यधिक रहेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।
