Sidha Patra बुधबार, कार्तिक ०२, २०७९

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ ।

विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति निर्वाचित गरेको हो । अधिवेशनले ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ। यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ । यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।

त्यस्तै महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु चयन गर्ने बुझिएको छ। ८ दिनसम्म चलेको महाधिवेशन आज बुधबार विहान ८ वजे समापन हुने जनपत्रकार संगठनका निर्वतमान केन्द्रीय अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]