
Sdc
Msbus
Ggp
Ksbus
Ggp
Rgp
Asbus
Ksbus
Lnp


दाङ । लमहीमा साहित्यकार तेजप्रसाद खनालको कृति जुनेली रात चारु सङ्ग्रह एक कार्यक्रमका विच विमोचन भएको छ।
त्यस्तै चारु साहित्य प्रतिष्ठान लुम्बिनीको प्रदेशको आयोजनामा आयोजित यस कार्यक्रमको अध्यक्षता चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा गजल शिरोमणि डा. घनश्याम न्यौपान( परिश्रमी ) प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा चारु प्रवर्तक डा. देवी पन्थी रहनुभएको थियो। यसै सन्दर्भमा संयुक्त लेखनमा रचित नवरत्न चारु सङ्ग्रह पनि विमोचन गरिएको छ।
प्रमुख अतिथि,विशिष्ट अतिथि लगायतका साहित्यकारहरुको उपस्थितिमा यी दुई कृतिहरु विमोचन भएका हुन ।कार्यक्रमका अध्यक्ष तेजप्रसाद खनालको कार्यक्रमको औचित्यताको प्रस्तुतिबाट सुरु भएको यस कार्यक्रममा डा.देवी पन्थीज्यूले दुबै कृतिको समीक्षा गर्नुभएको थियो ।
त्यसैगरी प्रमुख अतिथि डा.घनश्याम न्यौपानेले सर्जकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो। साहित्यकार हरि पोख्रेल,स्वर्ण शिखा,धनसिंह गिरी,छविलाल कोपिला,लमही न.पा.५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी (सागर),जगतराम यादव, भूमि आयोग दाङ जिल्ला अध्यक्ष लेखराज रेग्मी, प्राध्यापक हरेकृृष्ण ज्ञवाली,लिलाराम खनाल लगाएतले स्रष्टालाई शुभकामना दिनुभएको थियो। चारुकार यज्ञलाल सुवेदी,अमृता रसायली रामदाम, अम्बिका खरेल उप्रेती,सीता शर्मा पन्थी,सन्जना शर्मा,तेजप्रसाद खनाल,नागेन्द्र यादव लगायतले चारु वाचन समेत गर्नुभएको थियो। यसै गरि यसै कार्यक्रमका विच चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश कमिटी सार्वजनिक पनि गरिएको थियो।
जस अनुसार तेजप्रसाद खनाल अध्यक्ष,सन्जना शर्मा उपाध्यक्ष,यागेन्द्र यादव सचिव,वसन्त अनुभव कोषाध्यक्ष र सदश्यहरुमा नविना रेग्मी,सिर्जना खनाल,मुना पन्थी र यज्ञलाल सुवेदी रहनु भएको छ। निकै भव्य र सानदार रुपमा सम्पन्न यस कार्यक्रममा अन्य थुप्रै साहित्यकारज्यूहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नागेन्द्र प्रसाद यादवले गर्नु भएको थियो।
