
Rbs
Sds
Gisld
Gmk
Mbdvs
Anm
mbd
Ksm
Pbu

Ssm
Hal
Sbs
Rsb
Tsm
Bbu
Sls
Rgs
Gst
Rgu
Bbbpu
Pvg
Wsp
Ksm
Ggd
Rgu
Vor
Asm
nsb

Jmb
Syp
Mks
Pls
Gsb
Abd
Bml
sab
bbt
Rmb
Ptm
Jmb
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत संचालित राजपुर विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षमा आज सम्पन्न भएको बैठकमा तीन वटा प्रस्तावहरुमा छलफल गरि निर्णय गरिएको छ ।
जसमा पहिलो निर्णयमा गाउँपालिका क्षेत्र भित्रको विभिन्न बस्तीमा जाने बाटोहरुमा अविरल वर्षातका कारण बाढी,पहिरो तथा कटानबाट अबरुद्ध भएका बाटोहरु सुचारु गर्नका लागि वडा स्तरीय विपद व्यवस्थापन समितिको सिफारिस र प्राविधिकको मुल्यांकनको आधारमा सम्पूर्ण बाटोहरु सफाइ गरेर तत्काल सुचारु गर्ने ।
त्यस्तै अविरल वर्षातका कारण बाढी,पहिरो,डुबान तथा कटानबाट आंशिक क्षति भएका व्यक्तिहरुको प्रहरीको प्रतिवेदन र वडाको सिफारिसको आधारमा राहत वितरण गरिने । यस्तै राहत वितरणको लागि राजपुर गाउँपालिकाद्वारा विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।
बैठकमा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली लगायत अन्य विपद व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
त्यस्तै आज प्रत्येक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम अन्तरगत गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टिमले कार्यालय परिसर भित्र सरसफाइ कार्य सम्पन्न गरेको छ ।

