
Pbu
Rgp1
pku
Lnp
Rgp
Sgr
Ggp
Unsku
Srbpu

Gst
Ssm
Asm
Bbbpu
Vor
Pvg
Sbs
Rgu
Rgu
Sls
Hal
Rsb
Wsp
Ggd
Ksm
Rgs
Bbu
nsb
Tsm

Bml
bbt
Mks
Rpp
Rmb
Jmb
Abd
Gsb
Jmb
Syp
Pls
sab
Ptm
दाङ । जिल्लामा लगातार दुइ दिन देखि भइरहेको बर्षातका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा खबरी जोड्ने बाटोमा पहिरो जाँदा आवतजावत अबरुद्ध भएको छ भने २ दिन देखि लगातार वर्षाका कारण गढवा – खबरी सडक खण्ड अन्तर्गत पेदी भन्ने ठाउँमा बिहिवार पहिरो जाँदा गाडी मोटर आवतजावत थप्प हुनु का साथै पैदल यात्री लाई समेत आवत जावतमा कठिनाई भएको स्थानीय चेतमान घर्तिले बताए।
‘बिच बाटोमा रुखहरु ढलेका छन्, माटोले बाटो पुरै पुरिएको छ गाडी त के पैदल हिड्ने अवस्था समेत छैन’ – घर्तिले भने । समस्या लाई मध्यनजर गर्दै छिटो छरितो बाटोको रुख माटो हटाइ बाटो सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन्। त्यसैगरी लमही गढवा आवत जावत पनि पुर्ण रुपले बन्द भएको छ। समयमा पुल निर्माण हुन नस्कदा गढवा लमही आवतजावत गर्नका लागि बैकल्पिक बाटो भएर आउने बाध्यता रहेको छ।
त्यसैगरी गढवा राजपुर आवतजावत पनि बन्द भएको छ। गढवा मानपुर खोलामा आएको बाढीले गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको बाटो बन्द भएको हो। मानपुर खोलामा निर्माणाधिन पुल रहेको र त्यो पुल निर्माण नहुंदा सम्म बाटो सञ्चालन गर्नका लागि कुनै बिकल्प नभएको गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिर बहादुर आले मगर बताउछन् ।
देउखुरीका कैयौ ग्रामीण सडक र गाउँका घोरेटो बाटो समेत अवरुद्ध हुँदा ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । यति मात्र नभई गाउँका घोरेटो बाटो समेत पहिराले अवरुद्ध बनाएपछि स्थानीयवासीलाई एक गाउँबाट अर्को गाउँ जानका लागि पनि निकै समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । लगातार वर्षाका कारण गढवा-६ मनिकापुर, सिमलतारा, उपल्लो मदतुर,तल्लो मदपुर,गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर,चन्दनपुर लगायतका गाउँको आवतजावत बन्द भएको छ।
