Sidha Patra सोमबार, आश्विन १७, २०७९

दाङ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो । नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको जानकारी दिए । ‘उहाँको नाम पहिले खस आर्यबाट १ नम्बरमा थियो । पछि उहाँले मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’ ढकालले अनलाइनखबरसँग भने ।

रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । त्यसलगत्तै महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै, आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार रहेको बताएका थिए । महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए ।

यसैबीच महराकी छोरी कुश्मा महरा (प्रगती)को नाम भने प्रदेशसभा तर्फ समानुपातिकको सूचीमा छ । उनी युद्धकालदेखि नै कलाकारीता क्षेत्रमा सक्रिय थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]