
Unsku
Pbu
Gmssl
Gst
gst
Gipsg
Sebsg
Gsg
Gipsg

Tsm
Ggd
Rgu
Rgu
Gst
Rgs
Ssm
Hal
nsb
Sls
Asm
Bbbpu
Rsb
Wsp
Ksm
Pvg
Bbu
Vor
Sbs

Bml
bbt
Abd
Syp
Rmb
Pls
Jmb
Gsb
Jmb
sab
Rpp
Ptm
Mks
रोल्पा । सुनछहरी रोल्पा।सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले संचार माध्यमहरुले समाजलाई फाइदा पुग्ने खालका र सन्देशमुलक समाचारहरु प्रकाशित तथा प्रसारण गर्नुपर्ने बताउनुभएको छ।
सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा आयोजित प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
अध्यक्ष पुनले गरिब,सर्वहारा,उत्पीडित वर्गलाई फाइदा पुग्ने खालका समाचारहरु बाहिर ल्याउनुपर्ने र घाटा पुर्याउने खालका समाचारहरु प्रकाशित गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ”पत्रकारिता मार्फत समाजलाई सहि मार्गमा दोहोर्याउन सक्ने भएकाले एउटा पत्रकारले समाजको, राजनैतिक, आर्थिक,सामाजिक,धार्मिक लगायतलाई गहिरोसंग अध्ययन गरि समाजका सत्य तथ्य घटना बाहिर ल्याउनु पर्छ।”नेपाली समाजमा हरेक चिजमा राजनैतिकरण भएको र चाहेर पनि नचाहेर पनि हत्याउन नसकिने भन्दै सर्वहारा गरिब,उत्पीडित वर्गको पक्षमा पत्रकारिता मार्फत कलम चलाउन पत्रकारहरुलाई अनुरोध समेत गर्नुभयो । पार्टी संगठनका सकारात्मक कुराहरू प्रचारप्रसार गर्नुपर्नेमा प्रेस सेन्टर नेपालमा आस्थावान सबै पत्रकारहरुले कुनै कन्जुस्याइँ नगर्न समेत अनुरोध गर्नुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्र सुनछहरी गाउँ कमिटी उपाध्यक्ष महाबिर राना (सुनिल)ले प्रेस सेन्टर नेपालमा आस्थावान पत्रकारहरु गाउँपालिकाको प्रत्येक वडामा सूचना प्रवाहका लागि खम्बा बनेर उभिनुपर्ने बताउनुभयो । उहाँले भयो “अब प्रेस सेन्टर नेपाल सुनछहरी कमिटीलाई पार्टीले आधिकारिक धारणा बनाएर परिचालन गर्छ।”उपाध्यक्ष रानाले आधारईलाकाको रक्षा,विचार निति सिद्धान्त ,नयाँ र राम्रो कामको रक्षा गर्नु र प्रचारप्रसार गर्नु पर्ने आवश्यक भएको बताउनुभयो।
उक्त भेलाबाट प्रेस सेन्टर नेपाल सुनछहरी गाउँ कमिटीमा जुनिस कुमार बिष्टको इन्चार्जमा ११ सदस्यीय कमिटी गठन गरिएको छ।जसको अध्यक्षमा आशिष पुन मगर फगाम, उपाध्यक्ष ओमप्रकाश बुढा मगर जेलबाङ,सचिव खुमबहादुर घर्ती मगर सेरम,सहसचिव दिलपुरा घर्ती मगर सेरम, कोषाध्यक्ष मनकुमारी घर्ती मगर सिउरी, सदस्यहरुमा हस्तिरा बिक सिउरी,टेकमन बिष्ट जैमाकसला,ज्ञानज्योति पुन मगर जेलबाङ,एन्जल बुढामगर जेलबाङ,सुस्मिता बुढा मगर गाम लगायत सर्वसहमत निर्वाचित भएका छन् ।
