
Sdc
Asbus
Ksbus
Ggp
Ksbus
Lnp
Ggp
Msbus
Rgp


“हो,यो साँच्चिकै गणतन्त्र नै हो ।
किनकि यहाँ जनताले शासन गरेका छन् ।।
दल भित्रका दुइचारजना बुज्रुक नै जनता हुन् ।
उनीहरु आफू अनुकूल मनपरी गर्छन् ।।
“हो,त्यसैले यो गणतन्त्र नै हो।”
आफैँ नियम बनाउँछन् ,अनुकूल नभए सच्याउँछन्,
त्यसैले यो गणतन्त्र नै हो । दल भित्रका बुज्रुकको मनपरि चलेकै हो,त्यसैले हजुर यो गणतन्त्र नै हो ।।
कर्मचारीले आफ्नो तलब आफैँ वृद्धि गर्न पाउँछन् ।
आफूभित्र कै कर्मचारीलाई शोषण गर्छन् ।।
“हो,हजुर त्यसैले यो पक्का गणतन्त्र नै हो।”
किनकि हजारौँ मान्छे मरेर यो आएको हो ।
यहाँ सोझासाझा कहिल्यै अन्यायमा पर्दैनन् ।।
मुठ्ठीभर मालामाल हुँदैनन् ,त्यसैले यो गणतन्त्र नै हो ।
किनकि जनता भनेका दलभित्रका दुइचारजना बुज्रुक नै हुन् ।। ‘उनकै मनोमानी यहाँ चलेकै हो, त्यसैले यो शुद्ध गणतन्त्र हो । यसलाई धमिलो पार्ने कोसिस नगर्नुहोला ।।
यहाँ दुइचार जनाको दादागिरी र मनोमानी चलेकै
हो,त्यसैले “हो हजुर यो पक्का गणतन्त्र नै हो ।”
यहि शासन ब्यवस्था ल्याउन धेरै मर्नु परेको हो,
त्यसैले हो,हजुर यो पक्का गणतन्त्र नै हो,शुद्ध यो गणतन्त्र धमिल्याउने प्रयास नगर्नु होला ।।
तेजप्रसाद खनाल
लमही दाङ।
