
Gsl
Rbs
Ssbus
syysr
Amb
Bksbus5
Csbus
dsbus
Jsbus
gms
Nssbus7
Gsbus
Pbu
Ratbs
Syees
Ddhbs

Rsb
Wsp
Sbs
Asm
Bbu
Sls
Hal
Ksm
nsb
Vor
Bbbpu
Rgu
Ssm
Gst
Pvg
Ggd
Rgs
Rgu
Tsm

sab
Ptm
Abd
Jmb
Syp
Mks
Rpp
Pls
bbt
Bml
Jmb
Gsb
Rmb
दाङ । सोमबार देउखुरीको लमहीमा दिन भरजसो साहित्यमय बनेको छ । लेखक तथा साहित्यकार हरुका बिचार तथा रचना वाचन एवं श्रष्टा सम्मान कार्यक्रम भित्र दिनभर थपिएको रौनकताले माहोल साहित्यमय बनेको हो ।
कवि तथा लेखहरुले कार्यक्रममा वाचन गरेका जोडदार रचनाहरुले बर्तमान राजनितिक बिकृती बिसंगति र बितिष्णा लाई जोडदार प्रहार गर्दा मन्त्रमुग्ध भएर कार्यक्रमका सहभागिहरुले एकोहोरो साहित्यको रसपानमा लठ्ठ भएको आभाष झल्किदा माहोल साहित्यमय बनेको मानिन्थ्यो ।
प्रसंग हो–देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले सोमवार देउखुरीको लमहीमा आयोजना गरेको ११ औं बार्षिकोत्सव,श्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशिल कुल १२ जना स्रष्टाहरुलाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।
जस अनुसार खाडी राष्ट्र कतारमा कार्यरत श्रमजिवी नागरिकहरुको सहयोगमा मञ्चले स्थापना गरेको देउखुरी कतार साहित्य पुरस्कारबाट अग्रज साहित्यकार इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा लेखक हिरामणी दुखी पुरस्कृत हुनु भएको छ । त्यस्तै पोखे्रल पद्य साहित्य पुरस्कार पद्य बिधामा कलम चलाउने साहित्यकार खगराज न्यौपाने पुरस्कृत हुनु भएको छ भने मञ्चका संस्थापक अध्यक्ष देवराज पाठकले स्थापना गर्नुभएको पाठक कला संस्कृति संगीत साहित्य पुरस्कारबाट गितकार तथा गायक यादवनाथ योगी पुरस्कृत हुनु भएको मञ्चले जनाएको छ ।
त्यसैगरी खिमानन्द केशरा साहित्य पुरस्कारबाट पत्रकार तथा लेखक केबि मसाल,होतबिष्णु साहित्य पुरस्कारबाट कमलमणी देवकोटा,जगत साहित्य पुरस्कारबाट हिमोढ पहाडी र ज्योतिसिंह साहित्य पुरस्कारबाट साहित्यकार डा.खेमराज मल्ल पुरस्कृत हुनुभएको मञ्चका अध्यक्ष हरी पोखे्रलले जानकारी दिनुभयो । यसैगरी ऋषिबिना साहित्य पुरस्कारबाट साहित्यकार नगेन्द्र गुरु,शोभादेवि संघर्षशिल साहित्य पुरस्कारबाट साहित्यकर्मि दिपा धिताल,कल्पना साहित्य पुरस्कारबाट साहित्यकार भवानी न्यौपाने भावना र गंगातारा साहित्य पुरस्कारबाट साहित्यकार शेषमणी शर्मा घिमिरे तथा ठागुरामपति पतिभा साहित्य पुरस्कारबाट शिसीर रेग्मी पुरस्कृत हुनु भएको छ ।
यस मञ्चले दाङ देउखुरी क्षेत्रमा रहेर साहित्य लेखन र सामाजिक सेवाको क्षेत्रमा बिशिष्ट योगदान गर्ने अग्रज ब्यक्तित्वलाई बर्षेनी सम्मान गर्दै आएकोमा बर्ष ०७८ को सम्मान अग्रज साहित्यकार सोमनाथ शर्मा पन्थीलाई गरेको छ । सो अवसरमा मञ्चले प्रकाशन गर्दै आएको बार्षिक साहित्यिक मुखपत्र स्तम्भको समेत बिमोचन गरिएको छ ।
मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षता एवं साहित्यकार एवं सामाजिक ब्यक्तित्व सोमनाथ शर्मा पन्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व प्राज्ञसभासदस्य एवं बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैंयाले कार्यक्रममा वाचन गरिएका रचनाहरुको समग्र समिक्षा पस्किनु भएको थियो ।
सो अवसरमा स्तम्भकार समाज दाङका केबि मसाल, प्रगतिवादी साहित्यकार हिरामणी दुःखी,लोकबार्ता परिषद नेपालका केन्द्रीय सदस्य जगतराम यादव,मञ्चका संस्थापक अध्यक्ष देवराज पाठक,थारु भाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिला,प्रगतिशिल लेखक संघ दाङका रेशम बिसी, राप्ती साहित्य परिषद्का कमलमणि देवकोटा,साहित्यकारहरु डा.खेमराज मल्ल, भगवती प्रसाद चौधरी,लेखराज रेग्मी,जागेश्वर शर्मा घिमिरे, निमबहादुर थापा,मकुश पन्थी,हिमोढ पहाडी,राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दिपक समिर, मञ्चका सल्लाहकार जागेश्वर शर्मा घिमिरे, साहित्यकार भावना न्यौपाने भवानी लगायतले शुभकामना मन्तब्य तथा रचना वाचन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुले मञ्चको भवन निर्माणका लागि आर्थिक सहयोगको घोषणा गर्नुभएको थियो । उक्त अवसरमा पुरस्कृत ब्यक्तित्व शेषमणि शर्मा घिमिरे र उहाँको धर्मपत्नी कृष्णा शर्माले १ लाख दुई हजार तिनसय चार को अहिले सम्मकै ठूलो धनराशीको वाल प्रतिभा साहित्य पुरस्कारको घोषणा गर्दै नगद हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा होतबिष्णु,देउखुरी कतार र पोखे्र्रल पद्य साहित्यपुरस्कारमा पुरस्कार संस्थापकहरुद्वारा जनहि ५ हजारका दरले रकम थप गर्ने घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत श्रष्टाहरुको परिचय शिबराज पन्थी,केशब शर्मा घिमिरे र आषिस कल्पबृक्षले गराउनु भएको थियो । मञ्चका उपाध्यक्ष राधा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

