
Ggp
Sdc
Lnp
Msbus
Ksbus
Ggp
Asbus
Ksbus
Rgp


दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले यहि असोज ३ का दिन देउखुरीको लमहीमा ११ औं बार्षित्सवको मनाउने भएको छ ।
सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशिल कुल १२ जना स्रष्टाहरुलाई छनोट समितीको सिफारिस बमोजम पुरस्कृत गर्ने निर्णय भएको सञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनुभयो । जस अनुसार खाडी राष्ट्र कतारमा कार्यरत श्रमजिवी नागरिकहरुको सहयोगमा मञ्चले स्थापना गरेको देउखुरी कतार साहित्य पुरस्कारबाट अग्रज साहित्यकार इच्छुक साास्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा लेखक हिरामणी दुखी सम्मानीत हुनुहुने भएको छ ।
त्यस्तै पोखे्रल पद्य साहित्य पुरस्कार पद्य बिधामा कलम चलाउने साहित्यकार खगराज न्यौपानेलाई प्रदान गरिने भएको छ भने मञ्चका संस्थापक अध्यक्ष देवराज पाठकले स्थापना गर्नुभएको पाठक कला संस्कृति संगीत साहित्य पुरस्कार गितकार तथा गायक यादवनाथ योगीलाई प्रदान गरिने भएको मञ्चले जनाएको छ । त्यसैगरी खिमानन्द केशरा साहित्य पुरस्कारबाट पत्रकार तथा लेखक केबि मसाल,होतबिष्णु साहित्य पुरस्कारबाट कमलमणी देवकोटा,जगत साहित्य पुरस्कारबाट हिमोढ पहाडी र ज्योतिसिंह साहित्य पुरस्कारबाट साहित्यकार डा.खेमराज मल्ल लाई पुरस्कृत गरिने भएको मञ्चका अध्यक्ष हरी पोखे्रलले जानकारी दिनुभयो ।
यसैगरी ऋषिबिना साहित्य पुरस्कारबाट साहित्यकार नगेन्द्र गुरु,शोभादेवि संघर्षशिल साहित्य पुरस्कारबाट साहित्यकर्मि दिपा धिताल,कल्पना साहित्य पुरस्कारबाट साहित्यकार भवानी न्यौपाने भावना लाई,गंगातारा साहित्य पुरस्कारबाट साहित्यकार शेषमणी शर्मा घिमिरेलाई तथा ठागुरामपति पतिभा साहित्य परस्कारबाट शिसीर रेग्मीलाई पुरस्कृत गरिने भएको छ । यस मञ्चले दाङ देउखुरी क्षेत्रमा रहेर साहित्य क्षेत्रमा बिशिष्ट योगदान गर्ने अग्रज ब्यक्तित्वलाई बर्षेनी सम्मान गर्दै आएकोमा बर्ष ०७८ को सम्मान अग्रज साहित्यकार सोमनाथ शर्मा पन्थी लाई गर्ने निर्णय गरेको छ ।
सो अवसरमा मञ्चले प्रकाशन गर्दै आएको बार्षिक साहित्यिक मुखपत्र स्तम्भको समेत बिमोचन गरिने मञ्चले जनाएको छ । उक्त कार्यक्रमलाई सफल पार्न मञ्चका पदाधिकारी बिच बिभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गरेको बताईएको छ । देउखुरीको लमहीमा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्ति हुनुहुन मञ्चका सम्पुर्ण आजिवन सदस्य, साहित्यिक संघसंस्था,पुरस्कार संस्थापक पुस्कृत ब्यक्तित्वहरु तथा आम साहित्यकर्मिलाई अनुरोध गरिएको छ । बैठकले मञ्चको भवन निर्माणका लागि बिभिन्न कोणबाट आर्थीक सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरेको बताइएको छ ।
