
Gsl
Pbu
Bs1


दाङ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय यता देशैभर एकाएक चर्चा पाउन थालेको छ। देशका हरेक जिल्लामा कमिटि गठन हुने, देशका ठुला राजनीतिक दलका नेतादेखि लिएर कार्यकर्ताहरु प्रवेश गर्ने जस्ता कार्यले तिब्रता पाउदै गएको छ । युवा युवतीहरु स्वतस्फुर्त रुपमा पार्टीमा समावेस भैरहेका छन ।
यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीले यहि २५ गते शनिवार दाङको बबई गाउँपालिकामा पालिका स्तरिय भेला गर्ने भएको छ । यही भदौ २५ गते शनिवारका दिन बबई गाउँपालिकाको हापुरे पदमपुर सामुदायिक वनको भवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो भेला हुन् लागेको हो । सोहि दिन पार्टीको भेला देउखुरीको लमहीमा पनि आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सदस्य देवराज पाठकले जानकारी दिए ।
पालिका भेलाबाट पालिका कमिटि र वडा कमिटि गठन हुने छ । सो कमिटीमा बसेर जनताको सेवा गर्न इच्छुक युवाहरुलाई उपस्थितिका लागि स्वतन्त्र पार्टीले आह्वान पनि गरेको छ ।
