
Gsbus
Ksbus
Ssbus
Nssbush
bpmhl
Ksbus
Rsbus
Bsbus
Gis
Gis
Ksbus
Lsbus
Lsbus
Gms
Ssbus
Ssbus
ebg
Gsl
Gsbus
Ksbus

Rsb
Bbu
Vor
Rgs
Wsp
Gst
Sls
Ksm
Sbs
Asm
Bbbpu
Ggd
Rgu
nsb
Ssm
Rgu
Tsm
Pvg
Hal

Ptm
Rmb
Gsb
Jmb
Syp
Abd
Jmb
sab
Bml
Pls
bbt
Mks
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया र राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर जोड्ने राप्ती नदीमा करोडौंको एक पुल निर्माण भएको छ । उक्त पुल निर्माण भैसकेपछि अहिले आवतजावत गर्नको लागि बाटोको निकास नहुँदा नागरिकलाई सास्ती भएको हो ।
सतबरियादेखि कालिपुर,भैसहवा,खरदरिया लगायत अन्य स्थानहरुमा पुग्नको लागि राप्ती नदीमा बनेको नयाँ पुल पार गर्नुपर्छ । “पुल पारगरिसकेपछि” दायाँबायाँ कतैबाट निकास छैन । अगाडिबाट खेतको बारी छ । त्यहाँ बर्खाको कारण हिलाम्मे भएको छ । उक्त जग्गा राजपुर-३ भैसहवाका रामबहादुर यादवको हो । यादवको कुल एक बिघा ५ धुर जग्गा रहेको छ । पुल निर्माण भैसकेपछि अहिले उक्त जग्गाको पुर्व र उत्तर दिशाबाट यादवले १५ हजार खर्च गरेर नाली खनेका छन् । वरपरबाट हिड्न र सवारीसाधन हिडाल्न कुनै निकास छैन । निकास नभएर खेतको बीच भागबाट दैनिक आवतजावत गर्न नागरिकहरु हिलाम्मे बाटो हिड्नु परेकोछ ।
त्यस्तै सो विषयमा जग्गा धनी रामबहादुर यादवसंग बुझ्दा उनले कुनैपनि हातमा आफुले आफ्नो जग्गाको बीच भागबाट बाटो नदिने बताएका छन् । मलाई मुआब्जाको लोभ छैन । कुन ठाउँबाट बाटो लैजाने हो ? लैजाउ यादवले भनेका छन् ।
अनक कन्स्ट्रक्सन प्रा.लिद्वारा ६८ करोडको लागतमा २०७६ साल मंसिर महिनादेखि पुलको निर्माण कार्य सरु गरि २०७९ जेठ महिनामै सम्पन्न भएको सो पुल निर्माण समितिका अध्यक्ष जमुना प्रसाद यादवले जानकारी दिनु भयो । उक्त पुल निर्माण कार्य बर्खा नलाग्दै पहिलेनै सकिएको भएपनि अहिलेसम्म बाटोको निकास नहुँदा नागरिकले यसरी सास्ती खेप्नुपरेको हो ।
खरदरियाका,भैसहवा,बसन्तपुर,मोतिपुरसम्मका भैंसी पालक कृषकहरुले आफ्नो दुध बेच्नको लागि दैनिक त्यसबाटो भएर लमही,भालुबाङ,घोराही, तुलसीपुर जाने गर्छन् । तर उक्त बाटोमा अहिले हिलाम्मे भएको हुँदा दुध बोक्ने गाडीहरु आवतजावत गर्नमा समस्या भएको भैसहवाका दुध संकलक आशाराम यादवले जानकारी दिनु भयो ।
त्यस्तै उक्त बाटो भएर सतबरियामा अध्यन गर्ने विद्यार्थीलाई पनि धेरै सास्ती खेप्नुपरेको छ । यस्तै मोटरसाइकल,साइकल र पैदल यात्रीलाईपनि त्यतिकै सास्ती भोग्नु परेको छ । करोडौंको बजेटद्वारा पुल निर्माण भैसकेपछि पनि सो बाटोमा दैनिक सास्ती खेप्नु भन्दा सम्बन्धित निकायले निकास खुलाएमा आफुले गिट्टी,बालुवा नि:शुल्क बिछाइदिने व्यवसायी कर्मी शन्त कुमार यादवले बताउनु भयो ।
त्यसैगरी सो विषयमा पुल निर्माण कम्पनी अनक कन्स्ट्रक्सन प्रा.लिका इन्चार्ज लक्ष्मण ढकालसंग ९८०१२३५१८२ को मोबाइल नम्बरमा बारम्बार फोन गरेर सम्पर्क गर्न खोज्दा उहाँको फोनमा सम्पर्क हुन सकेन ।
यस्तै राजपुर-३ का वडा अध्यक्ष रामप्रसाद अहिरसंग सो समस्याको बारेमा बुझ्दा अहिले उक्त बाटोको निकास दिनको लागि राजपुर गाउँपालिकाले जिम्मा लिएको हुँदा आफूले केही गर्न नसकेको बताउनु भएको छ । त्यस्तै वडा अध्यक्ष अहिरले भन्नू भयो ।यदि राजपुर गाउँपालिकाले मलाई सो समस्याको समाधान गर्नको लागि जिम्मा दिएमा २४ घन्टामै निकास दिने बताउनु भयो ।
त्यसैगरी राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले गाउँपालिकाबाट सहमतिको लागि दुई पटक छलफल गरिसकेको र सम्बन्धित व्यक्तिहरुले नमानेर अहिलेसम्म कुनै निकास दिन नसकेको हुँदा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई सहयोगको लागि चिठी लेखिसकेको बताउनु भयो । मैले वडा अध्यक्षलाईपनि उक्त विषयमा पहल गर्न जिम्मा दिएको छु र मैलेपनि निरन्तर गरिरहेको छु,निरन्तर पहल गर्नेछु गाउँपालिका अध्यक्ष बुढाथोकीले भन्नू भएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रहरीद्वारा लाठीचार्ज गरेर जबरजस्ती कार्यगर्नु भन्दापनि वडा पालिका र गाउँपालिकालाई छलफलको माध्यमद्वारा सहमति गराएर सो बाटोको निकास दिन लगाएको बताउनु भयो ।
अहिलेसम्म गाउँपालिकाबाट चिठी प्राप्त भएको छैन । यदि गाउँपालिकाले प्रशासनसंग सो समस्या समाधानको लागि सहयोग मागेको खण्डमा हामीले प्रशासनको माध्यमद्वारा उक्त समस्याको समाधान गर्न बाध्य हुने छौं,जिल्ला प्रमुख अधिकारी रेग्मीले बताउनु भएको छ ।
