
Gsl
Ksbus
Bsbus
Gsbus
Gms
Nssbush
Ses
Lsbus
bpmhl
Pbu
Ssbus
Gis
Ksbus
Ssbus
Ssbus
Gsbus
Rsbus
Gsbus
ebg
Gis

Ksm
Sbs
Vor
Rgu
Wsp
Rsb
Sls
Bbu
Ssm
Ggd
Asm
Rgu
Tsm
Pvg
Rgs
Bbbpu
nsb
Gst
Hal

Rmb
Pls
Bml
Mks
sab
bbt
Gsb
Syp
Jmb
Ptm
Rpp
Abd
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको पहिलो बैठक शनिवार गढवामा सम्पन्न भएको छ ।
सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा समपन्न बैठकले पालिकामा सञ्चालित सबै सहकारीहरुलाई कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धतिमा स्थापित हुनु पर्ने निर्णय गरेको छ ।
सबै सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नुपर्ने हरुलाई अनलाईन पद्धतिमा रुपान्तरण गर्ने, पारदर्शीता र जवाफदेहिताको प्रवर्धन गर्ने,आन्तरिक नियन्त्रण पद्धतीलाई स्थापित गर्दै सुशासन कायम गर्न सहयोग पुर्याउने उद्देश्यले सबै सहकारी संघ संस्थाहरुलाई कोपोमिसमा जोड्न आवश्यक रहेको निष्कर्ष निकालेको छ। सहकारी सम्बन्धी कानुन, नीति, मापदण्ड, अभ्यास आदीको कार्यान्वयन र आवश्यक सूचना एकैपटक यसबाट प्राप्त गर्न सकिने भएकोले सहकारीहरुलाई कोपोमिस एकदमै आवश्यक रहेको अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो । सहकारी संघ संस्थाको व्यवस्थापन तथा अनुगमन प्रभावकारी ढंगले गर्न,वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन,लेखा परिक्षण गराउन समेत सहजहुने भएकाले यो निति सबै सहकारी संघ संस्थाले अनिवार्य गर्नुपर्ने अध्यक्ष गहतराजले बताउनुभयो।
बैठकले गढवा गाउँपालिकाले सहकारी शाखा खोलेर सहकारी तर्फ राम्रो पहल गरेको भन्दै प्रशंसा पनि गरेको छ। गढवा गाउँपालिका भित्रका कैयौ सहकारी संस्था अनुदान पाउनका लागी मात्र खोलिएको भन्दै त्यस्ता सहकारी संस्थाहरुलाई कार्बाही गर्ने बताएको छ। बैठकले गढवा गाउँपालिका भित्र रहेको ५९ सहकारी मध्ये ४५ वटा सहकारी संस्थाहरु मात्र क्रियाशील रहेको भन्दै बाँकी अन्यलाई पनि क्रियाशील बनाउने तर्फ अगाडि बढेको जनाएको छ। साथै बैठकले सञ्जाल सहकारी सञ्चालनको लागी विनिमय बनाउने निर्णय गरेको छ ।
विनिमय तयार गर्नका लागी रम्भुनाथ चौधरीको संयोजकत्वमा दुइ सदस्य समिति बनाएको छ जस्को सदस्यहरुमा दामोदर ढुङगाना र रेखा थापा रहनु भएको छ । साथै बैठकले गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजनामा गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सहकारि शाखाका प्रमुख, गढवा गाउँपालिकाकामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाका अध्यक्ष र व्यवस्थापक बिच यही भदौ ३१ गते अन्तक्रिर्या कार्यक्रम गर्ने निर्णय गरेको छ ।
साथै बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सबै सहकारी संघ संस्थाहरुलाई यही भदौ मसान्तभित्र सहकारी संञ्जालमा आबद्ध गराउने निर्णय गरेको छ । बैठकको सञ्चालन सञ्जालका सचिव कैलाश चौधरीले गर्नु भएको थियो ।

