Sidha Patra शनिबार, भाद्र १८, २०७९

दाङ । जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

शनिबार दाङको भालुवाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृ्ष्णबहादुर महराले टीका र खाँदा लगाएर स्वागत गरेका थिए । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि थिइन् । उनी भरखरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन् ।

त्यस्तै पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाती अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउँदै, उनले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताए ।यस्तै उनलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उनलाई पार्टीमा उचित जिम्मेवारी दिने बताए । जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चौधरी लामो समय आदीवासी जनजाती आन्दोलनमा खारिएको नेतृ हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]