
Ses
Gsbus
Gsl
Gms
Lsbus
Pbu
Gss
Ssbus
Ssbus
Bsbus
Lsbus
Ssbus
Ksbus
Rsbus
Ksbus
Ksbus
ebg
Ksbus
Gsbus
Gis

Sls
Ksm
Bbbpu
Tsm
Pvg
Vor
nsb
Bbu
Rsb
Gst
Ssm
Ggd
Rgu
Sbs
Hal
Asm
Rgu
Wsp
Rgs

Ptm
Rmb
Syp
sab
Gsb
Pls
Bml
Mks
Rpp
bbt
Abd
Jmb
Jmb
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएसपी संग परिचयात्मक कार्यक्रम गरेको छ ।
संघले शनिवार एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो । कार्यक्रममा वोल्दै प्रहरी प्रमुख वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताए । सबैको सहयोगले मात्र प्रहरी सफल हुने उनको भनाइ रहेको थियो ।
‘नागरिकको सहयोगले मात्रै समाजमा शान्ति स्थापन गर्न प्रहरी सफल हुन्छ ’ उनले भने । नागरिकहरुले प्रहरीलाई सुचना दिएर सहयोग गर्न उनले आग्रह गरे । नागरिकले दिने सुचनाले प्रहरीलाइ ठुलो सहयोग पुग्ने उनको भनाइ रहेको छ । डिएपी राजन गौतमले पछिल्लो समय प्रविधिको प्रयोग गरेर अपराधीक घटना हुने गरेको भन्दै त्यस तर्फ ध्यान दिनु पर्ने बताए । यसतर्फ सचेत हुनु पर्ने उनले बताए ।
त्यस्तै व्यवसायीहरुले व्यवसाय भएको स्थानमा गुणस्तरीय सिसी क्यामरा जडान गरेमा चोरी हुन बाट बचाउन सहयोग पुग्ने बताए । चोरी भइ हालेपनि सिसी क्यामरामा देखिने हुनाले पक्राउ गर्न सहज हुने उनको भनाइ रहेको थियो । संघका अध्यक्ष टंकसिंह वुढाथोकीले संघले व्यावसायीक हित मात्र नभइ सामाजिक कार्यमा पनि सक्रिय रहेको बताए । सामाजिक कार्यका लागि सबै संग सहकार्य गरेर अगाडि वढने उनको भनाइ रहेको थियो । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले पछिल्लो समय चोरीका घटना वढदै गएको भन्दै सुरक्षा निकायले त्यस तर्फ ध्यान दिनु पर्ने बताए । जिल्लामा लागु औषध सेवन गर्नेहरुको सङख्या वृद्धि भएको बताए ।
त्यस अवसरमा संघ पुर्व अध्यक्ष चन्द्रराज पन्त,पुर्व सचिव सुन्दर गौतम,घोराही हाडवेयर व्यवसायी समितीका अध्यक्ष दामोदर के सी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।
