
Gis
Rsbus
Ksbus
Gsl
Ksbus
Ssbus
Ssbus
Bsbus
Gis
Gms
Gsbus
Ksbus
ebg
Gss
Ksbus
Pbu
Lsbus
Gsbus
bpmhl
Gis

Ggd
Ksm
Hal
nsb
Bbbpu
Gst
Tsm
Ssm
Rgu
Pvg
Wsp
Bbu
Rgu
Rsb
Sbs
Sls
Rgs
Vor
Asm

Rmb
Jmb
Abd
Pls
Bml
Gsb
Rpp
bbt
Syp
Jmb
Ptm
Mks
sab
दाङ । कृषि विकास बैंक लिमिटेडले आफ्नो २९१ औं शाखाको रूपमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा शाखा विस्तार गरेको छ ।
माैरीघाट शाखाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् । बैंकको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले बैंकिङ काराेबारलाई थप सरलीकृत गर्दै आम सेवाग्राहीमा लैजाने लक्ष्य रहेको बताएका छन् ।
यस्तै उद्घाटन समाराेहमा बाेल्दै मुख्यमन्त्री केसीले बैंककाे शाखा बिस्तारले अब सरकारी काराेबार गर्न सहज हुने र जनताले थप सास्ती भाेग्नु नपर्ने विश्वास व्यक्त गरे । यस क्षेत्रका नागरिकलाई बैंकले सर्वसुलभ तरिकाले सेवा दिन सुझाव पनि दिएका छन् । उनले राप्ती उपत्यका देउखुरीमा रहेको १४ वटा वडा वडालाई बैंकिङ क्षेत्रको रूपमा विकास गर्ने बताएका छन् । त्यसका लागि १४ वटै वडाले बैंक खाता समेत यसै बैंकबाट सञ्चालन गर्न सुझाव दिएका छन् ।
यसैबीच मुख्यमन्त्री केसीले स्थायी राजधानी क्षेत्रको जग्गा रोक्का भएको माैका छोपी केही निजी बैंकहरूले ऋणीहरूको जग्गा लिलामी प्रक्रियामा लगेकाले त्यस्तो कार्य बन्द गर्न सम्बन्धित बैंकहरूलाई मुख्यमन्त्री केसीले निर्देशन समेत दिएका छन् । यदि त्यो कार्य नरोकिए प्रदेश सरकार चुपलागेर नबस्ने समेत बताएका छन् । उनले आफ्नो कार्यकालमा नेपालकै नमुना शहर बनाउने रूपरेखा तयार पार्ने समेत बताएका छन् । अवको ६ महिना भित्र जग्गा एकिकरणको काम समेत सम्पन्न गर्ने बताएका छन् ।
त्यस्तै बैंकका प्रदेश कार्यालय दाङका निर्देशक गिरीराज रेग्मीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास बैंकका पुर्व अध्यक्ष बामदेव घिमिरे क्षेत्री,प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल,कृषि बिकास बैंक मुख्य कार्यालयका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताव सुवेदी,अर्थ तथा सहकारी मन्त्रालयका सचिव प्रेम प्रसाद आचार्य, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,पुर्व गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी,वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै माैरीघाट शाखाका प्रबन्धक नरबदेश्वर चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ दाङ शाखा अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए ।
