
Amb
Sdc
ksbus


दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी मीन बहादुर सुनारकी धर्मपत्नी तुलसा सुनार मिर्गौला पीडित भइ डायलाइसिस गर्दै आफ्नो जीवन गुजारी रहेको खबर समाचार सुनेपछी राष्ट्रिय प्रजातन्त्र पार्टी राजपुरले पीडितकै घरमा पुगि भेटीघाटी गर्दै थोपा थोपा मिलेर समुन्द्र बनोस् भन्दै पीडितलाई एक हजार छ सय पचपन्न रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सानो सहयोग भएपनि यसलाई सकारात्मक तरिकाले लिइदिनुहुन अनुरोध गर्दै राजपुर गाउँपालिका वडा नम्बर २ का पार्टी वडा उपाध्यक्ष नन्दाराम यादवको हातबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।
सहयोग ग्रहण गर्दै पीडित सुनारले यहाँहरु जस्तै अरुले पनि सहयोग गर्दै जानु भयो भने मलाई मिर्गौला फेर्न मौका हुनेछ भनी बताइन । यस अघि बैदेशिक रोजगारका निम्ति मलेसिया गएका बेद प्रकाश बिकको पहलमा संकलित सहयोग रकम निजकी धर्मपत्नी सुनिता बिकको हातबाट संचारकर्मी टोपेन्द्र खनालको रोहवरमा हस्तान्तरण गरिएको थियो ।
