
Ssb
jsb
Ksb
Tgp
Bsn
Csb
Rsb
Usb
Ksb
Rks
Ssb
Gsb
Fmb
Ppu
Ksb
Nsb

Usb
Hl1
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चर्को आवाज निकाल्ने मोटरसाइकल धमाधम पक्राउ गरी कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले बताए ।
दाङ ट्राफिक प्रमुख परियारले कम्पनीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुन विपरित भएको समेत उनले बताए ।
दाङ जिल्ला ट्राफिक प्रहरीको अप्रेसनमा १३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर छोडेको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकलाई पहिलो पटकलाई १५०० सय रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएर मात्र ट्राफिकले जान दिएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने फ़ेरि पनि ट्राफिक नियम उलंघन गरे ५००० हजार सम्म कार्वाही सोरुप जरिवाना गर्ने ट्राफिक प्रमुख परियारले बताए ।
