Sidha Patra बिहिबार, भाद्र ०२, २०७९

रौतहट । रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडा मगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]