
Pes
Pbu
Srbpu
Sgr
Lnp
Ggp
cjs
pku
Ses
Unsku
Rgp1
Gfs
Djs
Rgp

Ggd
Rsb
Rgs
Bbbpu
Gst
Sbs
Rgu
Bbu
Ssm
Hal
Ksm
Vor
Sls
Rgu
Asm
Wsp
Pvg
Tsm
nsb

bbt
Rmb
Mks
Jmb
Ptm
Jmb
Bml
Gsb
Abd
Pls
Rpp
sab
Syp
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौंको संख्यामा भक्तजनहरू सहभागी हुने गर्छन् । यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं. १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।
