
Djs
Rgp
pku
Srbpu
Gfs
Sgr
Lnp
Ggp
Unsku
Rgp1
sbs
cjs
Pes
Pbu

Sbs
Hal
Rgu
Ksm
Sls
Bbu
Pvg
Rsb
Wsp
Rgs
Tsm
Bbbpu
nsb
Ggd
Rgu
Vor
Gst
Ssm
Asm

Ptm
Pls
sab
Jmb
Syp
Gsb
Rmb
bbt
Mks
Jmb
Rpp
Abd
Bml
दाङ । दाङमा क्षयरोगका बिरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा मात्रै १ हजार ४४३ जनामा क्षयरोग संक्रमण देखिएको थियो ।
यो संख्या गएका अन्य आर्थिक वर्षको तुलनामा भन्दा बढी हो । अहिले जिल्लामा क्षयरोगको जाँच बढाएकाले पनि बिरामीको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय दाङका क्षयकुष्ट रोग अधिकृत डम्बर बहादुर कुवरले जानकारी दिनुभएको छ ।
जिल्लामा गएको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कोरोना संक्रमणका कारण क्षयरोगका बिरामीको संख्या शुन्य थियो । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा करिब १२ सय जनामा क्षयरोग देखिएको थियो ।
सरकारले क्षयरोगका बिरामीहरुको चेकजाँच र उपचारको व्यवस्था निःशुल्क गर्दै आएको छ । क्षयरोग लागेका बिरामीले नबिराई ६ महिनासम्म औषधी खानु पर्छ । क्षयरोग पुष्टि भएका मध्य ३/४ जनालाई एकवर्ष देखि १८ महिनासम्म पनि औषधी खानु पर्ने क्षयकुष्ठ अधिकृत कुवरले जानकारी दिनुभयो ।
जिल्लामा क्षयरोग पुष्टि भएका मध्ये ९१ प्रतिशतको उपचार सफल हुने गरेको अधिकृत कुवरले बताउनुभयो । उहाँका अनुसार ३.९ प्रतिशतको मृत्यु हुने गरेको छ । लुम्बिनी प्रदेशका अन्य जिल्लामा भन्दा दाङमा क्षयरोगको उपचार सफल हुनेको संख्या बढी भएको कुवरको भनाई छ ।
स्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोगबाट बच्नको लागि चाडै उपचारको लागि अस्पतालमा लैजानुका साथै घरमा बस्दा पनि मास्क प्रयोग गर्ने, परिवारका अन्य सदस्यसँग सुरक्षित भएर बस्ने, जथाभावी नथुक्ने र औषधी नियमित खानु पर्ने अधिकृत कुवरले बताउनुभयो ।
