
Gipsg
Gst
Pbu
gst
Gsg
Unsku
Gipsg
Sebsg
Gmssl

Bbu
Wsp
Rgs
Sbs
Pvg
Gst
Bbbpu
Sls
Rgu
Ksm
Hal
Tsm
Ggd
Ssm
nsb
Rgu
Vor
Asm
Rsb

Gsb
Rpp
Abd
bbt
Jmb
Ptm
Mks
sab
Rmb
Pls
Jmb
Bml
Syp
कपिलवस्तु । कपिलवस्तु महाराजगन्ज नगरपालिका ११ बनगाई स्थित झिन्ना माध्यमिक विद्यालयमा अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले निर्वाचित जनप्रतिनिधि माथि हातपात गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले विद्यालयमा अनुगमन गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक रुद्रेश नाथ तिवारी, शिक्षक योगेश नाथ तिवारी र शिक्षक प्रवीण तिवारीले वडा सदस्य अवधेश यादव माथि हातपात गरेका हुन् ।
महाराजगन्ज ११ का वडा सदस्य यादव माथि हातपात गर्ने तिनै जान तिवारीहरु दाजुभाइ हुन् । विद्यालयमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली विद्यालय अनुगमन गर्न पुगेको थियो । अनुगमन गर्न किन आएको भन्दै यादव माथि हातपात गरेको पीडित यादवले बताउनु भयो ।
विहिबार दिउँसो करिब २ बजे शिक्षकहरुले यादव माथि विद्यालय परिषर मै हातपात गरी लगाएको कमिज च्यात्ति दिएको महाराजगन्ज ११ का अर्का वडा सदस्य राधेश्याम कुर्मीले बताउनु भयो । अनुगमनका क्रममा विद्यालयका शिक्षक अस्वनि कुमार तिवारीले अनुगमन टोलीलाई गालि गलौज गरी वडा सदस्य अवधेश यादव माथि हातपात गरेको अनुगमनमा सहभागी सुनिल केसीले जानकारी दिनु भयो ।
त्यस्तै अनुगमन कार्यमा अख्तियार कार्यालयका बाबुराम न्यौपाने सहित ३ जना, महाराजगन्ज नगरपालिकाका ४ जना प्राविधिक इन्जिनियर , ११ नं वडा कार्यालयका अध्यक्ष धर्मेन्द्र कुमार पुरी, वडासद्स्य राधेश्याम कुर्मीको सहभागीता रहेको थियो । हातपात तथा कुटपिट गर्ने प्रधानाध्यापक, शिक्षकहरुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
