
Gsb
Nsb
Ssb
Ppu
jsb
Ksb
Fmb
Ksb
Bsn
Csb
Tgp
Ssb
Ksb
Rsb
Rks
Usb

Tsb
Hl1
Ssb
Gsb
Usb

Rgu
ptl
Nps
कपिलवस्तु । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा पालिका प्रमुख हरूको बसेको बैठकले कपिलवस्तु मा रहेका छाडा चौपायाको समस्या समाधान गर्न विभिन्न निर्णय हरू गरेको छ ।
कपिलवस्तु जिल्लाको विद्यमान छाडा चौपायाको समस्या समाधान गर्न बुद्धभुमी नगरपालिका वडा नं ९ गब्दहवामा १०० हेक्टर क्षेत्रफल जग्गालाई छाडा चौपाया प्रयोजनार्थ सम्बंधित डिभिजन वन कार्यालय संग समन्वय गरी तारबार लगाई संरक्षण गर्ने, प्रस्तावित जग्गा प्रचलित कानून बमोजिम लिज/ भोगाधिकार प्राप्ति का लागि सम्बंधित केन्द्रीय तहमा आवश्यक प्रकृया पूरा गरि सिफारिश गर्ने,प्रस्तावित छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहहरू ले रकम व्यवस्थापन गरी बुद्धभुमी नगरपालिका संग सहकार्य गर्ने जस्ता निर्णय गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउदै अब छाडा चौपायाको व्यवस्थापन छिट्टै हुने विश्वास समेत व्यक्त गरे ।
