
Pes
cjs
Djs
Unsku
pku
Gfs
Rgp
Ggp
Srbpu
sbs
Lnp
Pbu
Sgr
Rgp1

Rsb
Rgu
Rgs
Ksm
Asm
nsb
Bbbpu
Sbs
Hal
Pvg
Sls
Bbu
Gst
Rgu
Tsm
Wsp
Ssm
Vor
Ggd

Jmb
Rpp
Ptm
Bml
Gsb
Syp
Rmb
Jmb
bbt
Pls
Mks
sab
Abd
दाङ । दाङ जिल्लामा प्रत्येक वर्ष वर्षातको समयमा सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
सर्पदंशको प्राथमिक उपचार र लक्षण बारे सामान्य ज्ञान नराख्दा तथा छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा बिरामीलाई नपुर्याउदा सर्पदंशका कारण मृत्यु हुने गरेको छ। देउखुरी सर्पदंशको जोखिम क्षेत्र मानिन्छ । अरु समय भन्दा वर्षातको समयमा सर्पहरु बाट बच्नु पर्ने हुन्छ।
लमही नगरपालिकाद्वारा सञ्चालित लमही अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापना भएसङ्गै गत आर्थिक वर्ष ०७८र०७९मा ११४ जनाले सेवा लिएका छन्। यीमध्ये १२ जना बिषालु सर्पले टोकेका छन्। ५ जनालाई अन्यत्र रिफर गरिएको तथ्याकं छ। सर्पदंश उपचार केन्द्रमा मासिक ६० जनाको संख्यामा सर्पले टोकेका व्यक्तिहरु आउने गरेको सर्पदंश उपचार केन्द्रकी स्वास्थ्य सहायक राधा चौधरीले जानकारी दिनु भएको छ।
देउखुरी क्षेत्रमा विशेष गरी कोबरा र करेत प्रजातिका सर्प पाइने गरेको तथा करेत प्रजातिका सर्पको टोकाईबाट धेरै बिरामी सर्पदंश उपचार केन्द्रमा उपचार सेवा लिन आउने गरेको पाइएको छ। अध्याँरोमा दिसापिसाब जाँदा, राति घरभित्र सुतेका बेला र खेतबारीमा गएका बेला सर्पले बढी टोक्ने गरेको छ। पानी परेर घाम लागेपछि सर्प बढी बाहिर निस्कने गर्छन्। बर्खामा परेको पानी वासस्थानमा जाने भएकाले उनीहरूबाहिर निस्कने र मानिसका घरभित्र जाने गर्छन्।
भर्खर पानी परेकाले वासस्थानबाट बाहिर निस्केका सर्पले टोक्ने क्रम बढको सर्पदंश उपचार केन्द्रकी स्वास्थ्य सहायक राधा चौधरीले बताउनु भएको छ। सर्पले टोकेमा आँखाले माथितिर हेर्न गाह्रो हुने, आँखा बन्द हुने,टाउको दुख्ने,मुखमा फिँज आउने, पेट दुख्ने,बान्ता हुने,बेहोश हुने र सास फेर्न गाह्रो हुने लक्षण देखिने गर्छन। सास फेर्न गाह्रो भएर नै बिरामीको मृत्यु हुने गर्छ। सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने गरेको तथा गाँउघरमा गरिने अन्धविश्वासको पद्धति नअपनाई सर्प दंश बिरामीलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्ने स्वास्थ्य सहायक राधा चौधरीको सुझाव छ।
लमही अस्पतालमा सर्पदंश उपचार केन्द्रको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, कर्मचारीलाई तालिमको व्यवस्था लमही नगरपालिकाले गरेको छ भने औषधीको व्यवस्था प्रदेश सरकारद्धारा भएको छ। लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसङ्गै उपचार नै नपाई ज्यान गुमाउनु पर्ने बाध्यता त हटेको छ तर व्यक्ति स्वंयम सचेत हुन आवश्यक देखिन्छ। राती सुत्दा, अंध्यारोमा बाहिर निस्किदा वा अन्य विभिन्न कार्य गर्दा सावधानी अपनाउन तथा सर्पले टोकिहालेमा प्राथमिक उपचारको सामान्य ज्ञान हुनु अत्यन्त आवश्यक छ।
