
Rgp
Djs
Unsku
pku
Srbpu
Ggp
Gfs
Rgp1
Lnp
sbs
Pbu
Sgr
Pes
cjs

Asm
Bbbpu
Rsb
Wsp
Ggd
Ssm
Sbs
Vor
Sls
nsb
Hal
Rgu
Rgs
Rgu
Ksm
Gst
Pvg
Bbu
Tsm

Rmb
Rpp
bbt
Gsb
Bml
Syp
Jmb
Abd
Jmb
Mks
Pls
sab
Ptm
दाङ । तुलसीपुरबाट सेवा दिंदै आएको बि.आर.डेन्टल हस्पिटलले नयाँ व्यवस्थापनका साथ शाखा विस्तार गरेको छ । लामो समय देखी तुलसीपुरको “ङ” लाईनबाट सेवा दिंदै आएको हस्पिटलले तुलसीपुरको “क” लाईनमा शाखा विस्तार गरेको हो । हस्पिटलको बिहिवार एक औपचारीक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्धघाटन गर्नु भएको हो ।
सो अवसरमा चालिसेले स्थानिय स्तरमा ठुलो लगानीमा व्यापार व्यवशाय संचालण गर्नु यस क्षेत्रको विकास र संबृद्धीमा टेवा पुग्ने कुरामा जोड दिनुभयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा लगानी गरी विशेषज्ञ सेवा प्रदान गर्नु गौरवपूर्ण कार्य भएको भन्दै प्रशंशा गर्नुभयो ।
अत्याधुनिक प्रविधी सहित नयाँ ब्यवस्थापनका साथ सेवा विस्तार गरेको हस्पिटलका सञ्चालक तथा बरिष्ठ दंत रोग विशेषज्ञ डा. भुवनेश्वर भुषालले जानकारी दिनुभयो । अब मुख स्वास्थ्य सँग कुनैपनि समस्याको लागी अनेत्र जानु नपर्ने संचालक भुषालले बताउनुभयो । दाँत, मुख तथा गिजा सँग सम्बन्धित जुनसुकै समस्याको उपचार हुनुका साथै दुर्घटनामा परी मुख तथा अनुहारमा कुनैपनि चोटपटक लागेमा अत्याधुनिक प्रविधिबाट विशेषज्ञ सेवाको सुविधा भएको उहाँले जानकारी दिनुभयो ।
हस्पिटलले यस अघि पनि विशेषज्ञ सेवा प्रदान गर्दै आएको बताउँदै थप व्यवस्थापन र अत्याधुनिक प्रविधी सहित शाखा विस्तार गरेको उहाँको भनाई छ । करिब डेढ करोड बढी लगानी रहेको बताउँदै २४ सै घण्टा सर्वसुलभ सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमै पुरानो र विश्वाशिलो डेण्टल हस्पीटलको रुपमा परिचित यस हस्पिटलमा दाङ सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुले सेवा लिईरहेका छन् । हस्पिटलको अर्को शाखा दाङको घोराहीमा समेत रहेको छ । जहाँ बरिष्ठ दंत रोग विशेषज्ञ डा. विपी भूषाल लगाएतका विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान हुँदै आएको छ ।
