Sidha Patra शुक्रबार, साउन २०, २०७९

दाङ । तुलसीपुरबाट सेवा दिंदै आएको बि.आर.डेन्टल हस्पिटलले नयाँ व्यवस्थापनका साथ शाखा विस्तार गरेको छ । लामो समय देखी तुलसीपुरको “ङ” लाईनबाट सेवा दिंदै आएको हस्पिटलले तुलसीपुरको “क” लाईनमा शाखा विस्तार गरेको हो । हस्पिटलको बिहिवार एक औपचारीक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्धघाटन गर्नु भएको हो ।

सो अवसरमा चालिसेले स्थानिय स्तरमा ठुलो लगानीमा व्यापार व्यवशाय संचालण गर्नु यस क्षेत्रको विकास र संबृद्धीमा टेवा पुग्ने कुरामा जोड दिनुभयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा लगानी गरी विशेषज्ञ सेवा प्रदान गर्नु गौरवपूर्ण कार्य भएको भन्दै प्रशंशा गर्नुभयो ।

अत्याधुनिक प्रविधी सहित नयाँ ब्यवस्थापनका साथ सेवा विस्तार गरेको हस्पिटलका सञ्चालक तथा बरिष्ठ दंत रोग विशेषज्ञ डा. भुवनेश्वर भुषालले जानकारी दिनुभयो । अब मुख स्वास्थ्य सँग कुनैपनि समस्याको लागी अनेत्र जानु नपर्ने संचालक भुषालले बताउनुभयो । दाँत, मुख तथा गिजा सँग सम्बन्धित जुनसुकै समस्याको उपचार हुनुका साथै दुर्घटनामा परी मुख तथा अनुहारमा कुनैपनि चोटपटक लागेमा अत्याधुनिक प्रविधिबाट विशेषज्ञ सेवाको सुविधा भएको उहाँले जानकारी दिनुभयो ।

हस्पिटलले यस अघि पनि विशेषज्ञ सेवा प्रदान गर्दै आएको बताउँदै थप व्यवस्थापन र अत्याधुनिक प्रविधी सहित शाखा विस्तार गरेको उहाँको भनाई छ । करिब डेढ करोड बढी लगानी रहेको बताउँदै २४ सै घण्टा सर्वसुलभ सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमै पुरानो र विश्वाशिलो डेण्टल हस्पीटलको रुपमा परिचित यस हस्पिटलमा दाङ सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुले सेवा लिईरहेका छन् । हस्पिटलको अर्को शाखा दाङको घोराहीमा समेत रहेको छ । जहाँ बरिष्ठ दंत रोग विशेषज्ञ डा. विपी भूषाल लगाएतका विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान हुँदै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]