Sidha Patra सोमबार, साउन १६, २०७९

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई नि:शुल्क पोशाक प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ को कार्यालयले विद्यालयमा भर्ना हुन आएका सवै नयाँ विद्यार्थीलाई पोशाक निशुल्क रुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो । चालु शैक्षिक बर्षमा विद्यालयमा भर्ना हुन आएका करिव २ सय नयाँ विद्यार्थीहरुलाई पोशाक निशुल्क रुपमा दिने ब्यवस्था वडा कार्यालयले गरेको वडा अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । पोशाकको कपडा र सिलाई समेत गरी सरदर एक जना विद्यार्थीलाई एक हजार दुइ सय रुपैयाका दरले पोशाक वाापत सहयोग गरिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

यसैबिच आज विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । वडा अध्यक्ष रमेशकुमार पाण्डे र विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले सम्युक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा वडा सदस्य माधव श्रेष्ठ,विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी र दिपककुमार श्रेष्ठ लगायतकाले वडा कार्यालयले पोशाक नि:शुल्क रुपमा प्रदान गर्ने कार्यले विद्यार्थीहरुलाई सहयोग मिलेको बताउनु भएको थियो । सिलाएर तयार भइ आएका विद्यार्थीलाई पोशाक बितरण शुरु गरिएको र यो केहिदेखि जारी रहने विद्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]