
Lnp
Rgp
Sgr
Ggp
Srbpu
Rgp1
Pbu
Unsku
pku

Vor
Wsp
Sls
Rsb
Sbs
nsb
Gst
Rgs
Ggd
Hal
Pvg
Bbu
Rgu
Ssm
Bbbpu
Asm
Tsm
Ksm
Rgu

Abd
Pls
Mks
Jmb
Bml
Ptm
Rpp
Syp
Jmb
Gsb
Rmb
sab
bbt
प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा आज मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ ।
स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।
प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर हिजो तीर्थयात्राका लागि स्वर्गद्वारी गएका थिए । जीपमा १७ जना सवार रहेका थिए ।
