सिधा-पत्र/क्राईमबिट बुधबार, साउन ११, २०७९

दाङ । तुलसीपुर सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाइएका एक युवकको प्रहरीले उद्धार गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याललेका नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलिले दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका–३ बस्ने बर्ष २७ को केशव कुमार बिकको उद्धार गरेको हो ।

दाङका युवाहरुले बुटवलमा बोलाएर एक महिलासंग होटलमा भेट गराए लगत्तै युवकलाई अपहरण गरेर तुलसीपुर ल्याईपुर्‍याएका थिए । ७ लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्कि दिएर युवकलाई होटेलमा बन्धक बनाएर राखेको खबर पाए लगत्तै प्रहरीले दिउँसो साढे चार बजे होटलमा छापा मारेको थियो । तुलसीपुर प्रहरीलाई दैलेखबाट पिडितकी श्रीमतीले खबर गरेको प्रहरीले बताएको छ ।

यसैबिच घटनामा संलग्न रहेको आरोमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका – ४ निबासी ३५ बर्षका लिला बिक, सोही ठाउँ निबासी ३५ बर्षका नेव बहादुर घर्ती ९मार्शल० , तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रे निबासी २५बर्षका सुक्लाल बिक, कपिलवस्तुको शिवराज नगरपालिका– ९ निबासी २० बर्षका २० का मनोज थारु, बागमति प्रदेश ०१–०२५च८७२९ नं। को गाडी चालक ।प्युठानको गौमुखि गाउँपालिका–७ घरभई हाल तुलसीपुर उपमहानगरपालिका–।६ निबासी २४ बर्षका जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ निबासी २६ बर्षकी निर्मला बिक रहेका छन् ।

निर्मला बिकले काठमान्डौबाट दैलेखका लागि बसमा चढेका केशवलाई सम्पर्क गरेर बुटवलमा ओरालेको डिएसपी अर्यालले बताउनुभयो । पिडित केशवसंग सुकलाल र मनोजको रोजगारीका क्रममा साउदीमा चिनजान भएको थियो । मार्शल र लिलाको योजनामा निर्मला सहित बुटवल पुगेका उनिहरुले केशवलाई बुटवलमा ओरालेर कुटपिट पश्चात मंगलबार बिहान २ बजे युवम् होटलमा ल्याई पु¥याएका थिए । पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरिर बन्धक शिर्षक मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार मार्शल र लिला बिकले बाहिर बाहिर लेनदेनको मुद्दा मिलाएर चर्को पैसा असुल्ने धन्दा गर्दछन् । केहि समय अघि पनि लेनदेनको मुद्दा मिलाउने भन्दै एक व्यक्तिकलाई कुटपिट पश्चात बन्धक बनाएर राखेको उजुरी परेपछि पक्राउ गरेर मुद्दा चलाएको डिएसपी अर्यालले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]