
Sgr
pku
Rgp
Srbpu
Pbu
Lnp
Ggp
Unsku
Rgp1

nsb
Tsm
Bbbpu
Sls
Ggd
Pvg
Rsb
Rgs
Rgu
Rgu
Ssm
Sbs
Vor
Gst
Ksm
Bbu
Asm
Wsp
Hal

Syp
Mks
bbt
Rmb
sab
Rpp
Gsb
Jmb
Jmb
Ptm
Bml
Abd
Pls
चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ।
रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो।
लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि रडमा खिया लागेका छन्। प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड पनि बिग्रिने क्रममा छन्। अझै आठ महिनाभित्र काम सुरु हुन सकेन भने पिलरका रडसमेत काम नलाग्ने हुने रंगशालाको रेखदेख गर्दै आएका फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही बताउँछन्।‘हामीले महानगरले औपचारिक रूपमा स्वामित्व नलिँदासम्मको लागि रेखदेख गरेका हौँ। निर्माणको काम त ठप्प नै छ। लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दूबो काम नलाग्ने भएको छ। मैदानमा झाडी पलाएको छ’, उनले भने।
रंगशालाको अहिले तीन सुरक्षा कर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन्। लाखौँ रुपैयाँ खर्चिएर दूबो लगाएर ठिक्क पारिएका मैदानमा झाडी पलाएका छन्। रंगशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रिने तर्खरमा छन्।
हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए। उनीहरूले २०७५ माघ १६ देखि रंगशाला निर्माणको काम सुरू गरेका हुन्।
यसैगरी अहिले रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । तर आर्थिक अभाव भएपछि रंगशालाको भरतपुर महानगरपालिकाले औपचारिक रूपमा स्वामित्व लिने तर्खरमा छ। महानगरले रंगशालाको स्वतन्त्र लेखापरीक्षण गरिसकेको छ। रंगशालाका लागि सरकारले यस आवमा २२ करोड रुपैयाँ छुट्याएको छ। ३० हजार जनाको क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको छ। प्यारापिटका २८६ वटा पिलर उठाइएको छ। प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको थियो। टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान भएको छ। आठवटा पिच बन्न बाँकी छन्। दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको हो।
त्यस्तै उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताए । उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक संकट आएको बताए । रंगशाला बनाउन तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो। चालू आवका लागि सरकारले छुट्याएको रकममध्येबाट रंगशालाको ऋण तिर्नका लागि कट्टेलले पहल गरिरहेका छन्। उनले सिंहदरबारमा पुगेर मन्त्रीदेखि उच्च तहका कर्मचारीसँग नियमित भेटघाट गरिरहेका छन्।
उक्त रंगशालामा हालसम्म ५४ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलको दाबी छ। १७ करोडजति त ऋण नै रहेको उनी बताउँछन्। भरतपुर महानगरपालिकाले गराएको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा भने रंगशाला निर्माणमा हालसम्म ५० करोड २० लाख ७९ हजार ७४६ रूपैयाँ भएको उल्लेख छ। रंगशाला १८ करोड १२ लाख ४७ हजार १५० रूपैयाँ ऋणमा रहेको महानगरको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।
यस्तै रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख ३८ हजार ५८८ रुपैयाँ संकलन भएको प्रतिवेदनमा देखाइएको छ। रंगशाला निर्माणका लागि सरकारी निकायबाट ११ करोड ८४ लाख ९२ हजार ८१४ रुपैयाँ भएको थियो । अन्य कोषबाट दुई करोड १४ लाख सात हजार ५३९, धनधान्याञ्चलबाट नौ करोड ४१ लाख ५८ हजार ३६७ संकलन भएको देखाइएको छ।
यता युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले रंगशाला निर्माण परियोजनाको फाइल प्राप्त भएको र यसलाई कुन मोडलमा अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताए। ‘खेल पूर्वाधारसँग सम्बन्धित परियोजना भएकाले यसलाई अध्ययन गरेर कसरी अगाडि बढाउने भनेर अर्थ मन्त्रालयसँग पनि परामर्श गर्यौँ, प्रधानमन्त्रीसँग पनि परामर्श गरिरहेका छौँ’, उनले भने।
त्यस्तै रंगशाला कसरी अगाडि बढाउने भन्ने निष्कर्ष छिट्टै निस्किने उनले बताए। नयाँ परियोजना नभई एउटा प्रक्रिया मार्फत अघि बढेको परियोजना फेरि अर्को प्रक्रिया मार्फत अघि बढाउनुपर्ने भएकाले केही ढिलो भएको उनको भनाइ छ। अहिले दुईवटा विकल्पमा छलफल भइरहेको उनले बताए। महानगर पालिकाबाट सम्पन्न गर्न नसकिने भएकाले विकास समिति बनाएर अघि बढ्ने कि राष्ट्रिय खेलकुद परिषदमार्फत अघि बढाउने भन्ने विषयमा छलफल चलिरहेको मन्त्री गहतराजले जानकारी दिए।
