
Sdc
ksbus
Amb


दाङ । दाङमा घर बनाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ८ ढिकपुर बस्ने ३२ वर्षीय सताल खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आज विहान साढे ११ बजे आफ्नै घर बनाउने क्रममा फलामको रड माथि उचाल्दै गर्दा विद्युतको तारले छोएर खत्रीलाई करेन्ट लागेको प्रहरीले बताएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आज साढे १२ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव पोष्टमार्टम गर्नलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै दाङमा गुडिरहेको यात्रुवहाक बसबाट खसेर एक जना घाइते भएका छन । घाइते हुनेमा घोराही उपमहानगरपालिका १५ बस्ने १५ वर्षीय विजय मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आज विहान घोराहीबाट द्वाङपुर तर्फ जादै गरेको रा १ ख ७४१ नम्बरको बसबाट झर्नेक्रममा चोट लागेर उनि घाइते भएको प्रहरीले बताएको छ ।
अहिले उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।
