महेन्द्र सिंह/बाँके सोमबार, साउन ०९, २०७९

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको महातहतमा रहेको ट्राफिक प्रहरी चेक पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं लग्न लागिएको खसी बोका पैसा लिएर छोडे पछि बसमा यात्रा गर्ने एक पेसेन्जरले जिल्ला प्रहरी कार्यालय बाँकेलाई फोन गरेर भने पछि बाँके प्रहरीले भ्यान पठाएर धम्बोजी चोकमा बसलाई रोकेर कार्वाही गरेको छ ।

आईतबार राती बर्दियाबाट काठमाडौं लैजादै गरेको भे. १ ख. ८८१८ नम्बरको बसमा लोड गरिएको १४ वटा खसी बोका खजुरामा रहेको ट्राफिक प्रहरी पोष्टले चेकजाँच गरेर पनि बाँके ट्राफिक इन्स्पेक्टर हिमालय शाहको निर्देशनमा छोडेको थियो ।

त्यस्तै उक्त बसलाई धम्बोझी चोकमा चेकजाँच गर्दा पक्राउ गरेर नियम पुर्ब सम्पूर्ण कागजात नभएको हुँदा खसीलाई गाडीमा जिल्ला प्रहरी बाँके लगाएको थियो । सार्वजनिक सवारीसाधनमा त्यसरी पशुपन्छी लैजान नपाइने नियम भए पनि बाँके ट्राफिक प्रहरी इन्स्पेक्टर शाहको निर्देशनमा ट्राफिक चेकपोष्टले चेकजाँचको क्रममा उक्त खसी बाख्रा छोडेको नाम नबताउने सर्तमा एक प्रहरी जवानले बताए ।

यस्तै बसमा सवार एक खसी ब्यापारीले बाँकेका ट्राफिक प्रमुख इन्स्पेक्टर हिमालय शाहको मिलोमतोमा आफ्नो भर भर्पर्दो ट्राफिक इन्चार्जलाई पठाएर बाँके देखि बसमा सेट्ङ्गमा ट्राफिक प्रहरीले चेकजाँच नगर्ने बसमा खसी तस्करी गर्ने गरेको बताए ।

त्यस्तै यता बाँके जिल्ला ट्राफिक इन्स्पेक्टर
हिमालयन शाहलाई यसबारेमा (9851282960) (985808060) फोन सम्पर्क गर्न खोज्दा फोन उठेन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]