Sidha Patra शनिबार, साउन ०७, २०७९

दाङ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औ स्मृति दिवस मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि दाङको आयोजनामा पुष्पलाल स्मृति बाटिका तुलसीपुरमा एक कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।

कार्यक्रममा पुष्पलालको सालिकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु सीता न्यौपाने सिग्देल,कोमल वली, प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य,सदस्य टीकाराम खड्कालगायतका नेता कार्यकर्ताहरुले माल्यार्पाण गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सहइन्चार्ज सीता न्यौपाने सिग्देलले नेपालमा गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि संस्थापक पुष्पलालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको संस्थापना गरेर सर्वहारा वर्गको उत्थान, समाजमा दबिएका आवाजलाई बुलन्द पार्ने काम भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यौपानले सर्वहारा वर्गबाटै राज्य सञ्चालनको नेतृत्वमा पुग्दा पुष्पलालको सपना साकार भएको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटि सदस्य एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पुष्पलालकै मार्गदर्शक अनुसार नेपालको कम्युनिष्ट आन्दोलन अघि बढेको बताउनुभयो । पुष्पलाल स्मृति दिवसका अवसरमा तुलसीपुर नगरकमिटिले शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]