सिधा-पत्र/क्राईमबिट सोमबार, साउन ०२, २०७९

काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ ।

सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाइएको पुष्टि भएको छ । राई र लिम्बुबीच जग्गासम्बन्धि लेनेदन विवाद रहेकोमा लिम्बुलाई फसाउने खोजिएको प्रहरी कार्यालयको छानबिनमा खुलेको हो ।

गत २३ असारमा प्रहरी वृत्त गौशालाका प्रहरीले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेका थिए । सिसिटिभी क्यामेरामा उनको मोटरसाइकलमा केही समयअघि मात्र एक युवकले त्यसरी बिना राखिदिएको देखिएको छ । अनुसन्धानका क्रममा नियोजित रुपमा उनलाई फसाउन खोजिएको पुष्टि भएको हो । गौशाला वृत्तका घुमुवा प्रहरीलाई हातमा लिएर यसरी फसाउन खोजिएको खुलेको छ।

यसमा वृत्तका डिएसपी केशव भट्टराई पनि छानबनिको दायरामा तानिएका छन् । घुमुवा प्रहरीलाई कारबाहीको तयारी भइरहेको छ । घटनामा संलग्न नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने सुभाष राई अझै फरार छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]