ओमप्रकाश गुप्ता सोमबार, साउन ०२, २०७९

दाङ । दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।

गत असार ३० गते घरबाट निस्केका ती वृद्ध आज विहान घर देखि २/३ सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए । ती वृद्धको लडेर मृत्यु भएको हुन सक्ने राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् ।

त्यस्तै सडेर गन्ध आइरहेको अवस्थामा स्थानीयले शव फेला पारेका हुन् । ती वृद्धको हात,खुट्टा कुहिसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । यो समाचार प्रशिक्षार्थी पत्रकार हुमा सुनारले पठाएकी हुन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]