
Gsg
Pbu
Gst
Gmssl
gst
Gipsg
Unsku
Sebsg
Gipsg

Sls
Pvg
Wsp
Asm
Rgu
Rgs
Rsb
Bbu
Ksm
Ggd
Vor
Tsm
Rgu
nsb
Sbs
Bbbpu
Gst
Hal
Ssm

Jmb
Gsb
Bml
Rpp
bbt
Abd
Ptm
Syp
Jmb
Pls
Mks
Rmb
sab
सुर्खेत । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
हिमा गाउँपालिका वडा नम्बर १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो ।
राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । तीनै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।
त्यस्तै पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताइन् ।अनलाइनखबर
